बिरेन्द्र नेपाल
लहान – संस्कार परिवर्तनको लागि ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा आयोजित दुई दिने "योग तपस्या कार्यक्रम" आजदेखि सुरु भएको छ। कार्यक्रमको उद्घाटन लहान नगरपालिकाका मेयर महेश चौधरीले गरेका हुन्।
उद्घाटन सत्रमा बोल्दै मेयर चौधरीले सकारात्मक सोच र आत्मिक शक्तिको विकासका लागि योग र ध्यान आवश्यक रहेको बताए।कार्यक्रममा ५० भन्दा बढी सहभागीहरूले राजयोगका विविध पक्षबारे जानकारी लिनेछन्।
आयोजक प्रतिनिधि बाबिन बस्नेतले संस्कार सुधार, मानसिक शुद्धता र आत्म-परिवर्तनमा योगको भूमिका महत्वपूर्ण रहेको बताए। कार्यक्रममा ध्यान, प्रवचन, तथा आत्मचिन्तनका विभिन्न सत्र समावेश गरिएको छकार्यक्रम भोली समापन हुने जनाइएको छ।




















