सप्तरी -द फ्रिडम फण्डको आर्थिक सहयोग तथा सप्तकोशी नगरपालिका र जचेतना दलित संगमको संयुक्त आयोजनामा हरवा चरवाहरुको लगत संकलन, पहिचान र परिचय पत्र वितरणका लागी कार्यविधि निर्माण सम्बन्धी १ दिने अभिमुखीकरण बैठक सम्पन्न भएको छ।
स्थानिय निकायका प्रतिनिधीहरुलाई लगत संकलन, पहिचान र परिचय पत्र वितरणका लागी कार्यविधि बारे जानकारी गराउन , आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम र बजेटमा मुक्त हरवाचरवाका सवालहरु सम्बोधनका लागी छलफल गर्न , हरवा चरवाको पुर्नस्थापनाका लागी अन्य सवालहरु बारे छलफल गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कार्यकारी निर्देशक ईन्द्र रामले बताउनु भयो ।
२०७९ साल श्रावण २ गतेका दिन तत्कालिन प्रधामन्त्री शेर बहादुर देउवाले हरवा चरवा मुक्तिको घोषणा गर्नुभएको थियो।घोषणा भएको २ वर्ष १० महिना वितिस्कदा पनि स्थानिय सरकारद्धारा हरवा चरवाको लगत संकलन , पहिचान र परिचय वितरण सम्बन्धी काम अगाडी नबढेको कारण हरवा चरवा माथी उठीबास लगायत विभिन्न किसीमका सामाजिक उत्पीडनका घटनाहरु खेपीन बाध्य हुदै आएएको छ ।हरवा चरवा सम्बन्धमा स्थानिय सरकार संग एकिन तथ्यांक नहुनु , परिचय पत्रको अभावको कारण सरकार द्धारा हरवा चरवाको लागी वितरण गरीने सेबासुविधाहरुमा पहुँच नपुगेको अधिवक्ता बलाराम भटराईले जानकारी गराउनु भयो ।
मन्तव्यको क्रममा सप्तकोशी नगरपालिकाका नगर प्रमुख श्रीकृष्ण प्रसाद ढकालले हरवा चरवाहरुको लगत संकलन, पहिचान र परिचय पत्र वितरणका लागी कार्यविधि निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम प्रभावकारी भयो । छिटै कार्यविधी बनाउने सम्बन्धमा कार्यपालिकाको बैठकमा छलफल गरीने छौ ।
नगरपालिका संग ब्यवस्थापिका, न्यायपालिका र विधान समिति संग छलफल गरिने छौ । कार्यविधी ड्राफट वनाई सकेपछि पुन ः कार्यपालिकामा छलफल गरी थप सल्लाह संकलन गरी पुर्णता दिनेछौ । छिटै नगरसभा हदैछ र सो सभाबाट यो हरवा चरवाको लगत संकलन, पहिचान र परिचय वितरणका लागी कार्यविधि सम्बन्धमा छलफल गरीने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रम सप्तकोशी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद ढकालको अध्यक्षतामा संचालन भएको थियो । अतिथिहरुमा उप प्रमुख रिता चौधरी प्रमुख प्रशासीकय अधिकृत पुरुषोतम ढकाल, वडा न. १ का वडाध्यक्ष रोहिणी प्रसाद पोखरेल , वडाध्यक्ष देकान्त गोजेवार , जयराम खंग, डोलेश्वर प्रसाद खडगा, कार्यपालिका सदस्य राजेन्द्र विश्वकर्मा, रोजगार संयोजक शैलेश गुप्ता , पशुसेवा केन्द्र, शिक्षा शाखा, स्वास्थ्य शाखालगायत अन्य शाखाका ईन्चार्जहरु, द फ्रिडम फण्डका प्रतिनिधी बालाराम भटराई, जन चेतना दलित संगमका कोषाध्यक्ष बेचनी देबी सदा सप्तकोशी नगर हरवा चरवा अधिकार मंचका अध्यक्ष फुलकुमारी सदा , पत्रकार लगायत अन्य हरवा चरवा जनसंगठनका अगुवा गरी कुल ४२ जनाको सहभागी रहेको थियो ।
कानुनी अधिवक्ता तथा द फ्रिडम फण्डका प्रतिनिधी बालाराम भटराईले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको उदेश्य तथा संस्थागत जानकारी संगै स्वागत मन्तव्य कार्यकारी निर्देशक ईन्द्र रामले गर्नुभएको थियो । कार्यक्रमको संचालन प्रेम विश्वकर्माले गर्नुभएको थियो ।




















