बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

सप्तकोसीमा हरवा चरवाहरुको लगत संकलन तथा अभिमुखीकरण कार्यक्रम सप्पन्न

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ १, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
सप्तकोसीमा हरवा चरवाहरुको लगत संकलन तथा अभिमुखीकरण कार्यक्रम सप्पन्न
Rampam
3D Education Lahan

सप्तरी  -द फ्रिडम फण्डको आर्थिक सहयोग तथा सप्तकोशी नगरपालिका र जचेतना दलित संगमको संयुक्त आयोजनामा हरवा चरवाहरुको लगत संकलन, पहिचान र परिचय पत्र वितरणका लागी कार्यविधि निर्माण सम्बन्धी १ दिने अभिमुखीकरण बैठक सम्पन्न भएको छ।

स्थानिय निकायका प्रतिनिधीहरुलाई लगत संकलन, पहिचान र परिचय पत्र वितरणका लागी कार्यविधि बारे जानकारी गराउन , आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम र बजेटमा मुक्त हरवाचरवाका सवालहरु सम्बोधनका लागी छलफल गर्न , हरवा चरवाको पुर्नस्थापनाका लागी अन्य सवालहरु बारे छलफल गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कार्यकारी निर्देशक ईन्द्र रामले बताउनु भयो । 

२०७९ साल श्रावण २ गतेका दिन तत्कालिन प्रधामन्त्री शेर बहादुर देउवाले हरवा चरवा मुक्तिको घोषणा गर्नुभएको थियो।घोषणा भएको २ वर्ष १० महिना वितिस्कदा पनि स्थानिय सरकारद्धारा हरवा चरवाको लगत संकलन , पहिचान र परिचय वितरण सम्बन्धी काम अगाडी नबढेको कारण हरवा चरवा माथी उठीबास लगायत विभिन्न किसीमका सामाजिक उत्पीडनका घटनाहरु खेपीन बाध्य हुदै आएएको छ ।हरवा चरवा सम्बन्धमा स्थानिय सरकार संग एकिन तथ्यांक नहुनु , परिचय पत्रको अभावको कारण सरकार द्धारा हरवा चरवाको लागी वितरण गरीने सेबासुविधाहरुमा पहुँच नपुगेको अधिवक्ता बलाराम भटराईले जानकारी गराउनु भयो ।

मन्तव्यको क्रममा सप्तकोशी नगरपालिकाका नगर प्रमुख श्रीकृष्ण प्रसाद ढकालले हरवा चरवाहरुको लगत संकलन, पहिचान र परिचय पत्र वितरणका लागी कार्यविधि निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम प्रभावकारी भयो । छिटै कार्यविधी बनाउने सम्बन्धमा कार्यपालिकाको बैठकमा छलफल गरीने छौ । 

नगरपालिका संग ब्यवस्थापिका,  न्यायपालिका र विधान समिति संग छलफल गरिने छौ । कार्यविधी ड्राफट वनाई सकेपछि पुन ः कार्यपालिकामा छलफल गरी थप सल्लाह संकलन गरी पुर्णता दिनेछौ । छिटै नगरसभा हदैछ र सो सभाबाट यो हरवा चरवाको लगत संकलन, पहिचान र परिचय वितरणका लागी कार्यविधि सम्बन्धमा छलफल गरीने प्रतिवद्धता जनाउनु भयो ।


कार्यक्रम सप्तकोशी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद ढकालको अध्यक्षतामा संचालन भएको थियो । अतिथिहरुमा उप प्रमुख रिता चौधरी प्रमुख प्रशासीकय अधिकृत पुरुषोतम ढकाल, वडा न. १ का वडाध्यक्ष रोहिणी प्रसाद पोखरेल , वडाध्यक्ष देकान्त गोजेवार , जयराम खंग, डोलेश्वर प्रसाद खडगा, कार्यपालिका सदस्य राजेन्द्र विश्वकर्मा, रोजगार संयोजक शैलेश गुप्ता , पशुसेवा केन्द्र, शिक्षा शाखा, स्वास्थ्य शाखालगायत अन्य शाखाका ईन्चार्जहरु, द फ्रिडम फण्डका प्रतिनिधी बालाराम भटराई, जन चेतना दलित संगमका कोषाध्यक्ष बेचनी देबी सदा सप्तकोशी नगर हरवा चरवा अधिकार मंचका अध्यक्ष फुलकुमारी सदा , पत्रकार लगायत अन्य हरवा चरवा जनसंगठनका अगुवा गरी कुल ४२ जनाको सहभागी रहेको थियो ।


कानुनी अधिवक्ता  तथा द फ्रिडम फण्डका प्रतिनिधी बालाराम भटराईले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको उदेश्य तथा संस्थागत जानकारी संगै स्वागत मन्तव्य कार्यकारी निर्देशक ईन्द्र रामले गर्नुभएको थियो । कार्यक्रमको संचालन प्रेम विश्वकर्माले गर्नुभएको थियो । 

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]