दोहा - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार कतारको राजधानी दोहा आई पुगेका छन् । दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा डोनाल्ड ट्रम्पलाई कतार राजा अमिर शेख तमिम बिन हमद अल थानीले स्वागत गरेको हो।
राष्ट्रपति ट्रम्प २१ औं शताब्दीमा कतारको भ्रमण गर्ने दोस्रो अमेरिकी राष्ट्रपति हुन। यसअघि सन् २००३ मा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले कतारको भ्रमण गरेका थिए ।
खाडी क्षेत्रमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा रहेको कतार ट्रम्पको पहिलो कुटनीतिक भ्रमणको प्राथमिकतामा परेको हो । उनले कतारी शेख अल-थानीसहित शीर्ष कतारी अधिकारीहरूसँग श्रृंखलाबद्ध बैठकहरू गर्ने बताइएको छ । दुई पक्षबीचको बैठकमा सैन्य सहयोग र क्षेत्रीय सुरक्षा एजेन्डा शीर्ष स्थानमा रहने अपेक्षा गरिएको छ ।
कतार इजरायल र हमासबीच विगतमा भएको युद्धविराम र शान्ति स्थापनाको प्रयासका लागि प्रयासरत एक प्रमुख मध्यस्थकर्ता हो । ट्रम्पको भ्रमणको क्रममा गाजा युद्धविराम प्रयासहरू पनि प्रमुखताका साथ प्रस्तुत हुने अनुमान लागिएको छ ।




















