जनकपुरधाम। जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी महिला संघको जनकपुरधाममा सम्पन्न पहिलो राष्ट्रिय महाधिवेशनले निर्मला यादवलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।

आइतवार अवेर राति सम्पन्न महाधिवेशनले चयन गरेको ४७ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्ष (मधेशी)मा प्रमिला सिंह, उपाध्यक्ष (दलित)मा सुनिता देवी मोची, उपाध्यक्ष (आ÷ज.)मा दिना लामा र उपाध्यक्ष (मुस्लिम)मा सिमा नेसा चयन भएका छन ।

त्यस्तै महासचिवमा भगवती सुवेदी , उपमहासचिवमा सर्निता कुमारी यादव र सचिवमा सरस्वति जयसवाल एवं सवनम अंसारी चयन भएका छन भने कोषाध्यक्षमा प्रमिला गिरी चयन भएका छन ।

सदस्यहरुमा अम्भु सिंह, रेनुका सिंह, उषा कुमारी, निर्मला देवी रमण, सावित्री पण्डित, सुधा दास कायस्थ , विनिता क्ुमारी सिंह , पवित्री साह, ललिता देवी साह, लालीमाया तामाङ्ग , सिता कुमारी यादव, सुशिला घलान, ललिता यादव, बसन्ति देवी नुनियाँ , कुन्ता राई चयन भएका छन ।

अन्य सदस्यहरुमा सपना अधिकारी, शर्मिला राई, रिता खापुङ्ग, बन्दना कर्ण, सफिना खातुन, सब्बो खातुन, इसरत खातुन,शान्ता तामांङ्ग मोक्तान, फुलमाया नेम्वाङ्ग, मनुमाया मोक्तान , अम्बिका कुमारी विश्वकर्मा, सुनिता देवी महरा, ज्योती खुम्बु, रिपल राई, ओम माया आङ्गदेम्बे, स्त्रीमाया तामांङ्ग, गिता कार्की, सरस्वति पोखरेल, कोपिला कार्की, गायत्री यादव, लिला परियार र मधु सोनकर सर्वसम्मत निर्वाचित भएका छन ।