जनकपुरधाम। जनता समाजवादी पार्टी नेपाल धनुषाको अध्यक्षमा पशुपति यादव विजयी भएका छन ।
प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वको लागि हिजो आइतवार सम्पन्न निर्वाचनको मत परिणाम अनुसार पशुपति यादव ४ मतले विजयी भएका छन । पशुपति यादवले १६८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी शत्रुधन यादवले १६४ मत प्राप्त गरेका छन ।

त्यसै गरि दुई जना उपाध्यक्षमा दिनेश प्रसाद यादव र ललित मण्डल विजयी भएका छन । उनिहरु क्रमशः १८० र १५० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी राम शंकर पासवानले १२४ र अब्दुल मनाङ्गले ७७ मत प्राप्त गरेका छन । त्यसै गरि सचिवमा रामनारायण कापडी विजयी भएका छन । उनले ९७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी उमेश महतोले ७० मत प्राप्त गरेका छन ।

त्यसै गरि उपसचिवमा राम विहारी यादव १६० र शशिचन्द्र यादव १५७ मत प्राप्त गरि विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्दी दिनेश महतो ९५ र बेचन महतो ९५ मत प्राप्त गरेको निर्वाचनत समितिले जनाएको छ । त्यसैगरि कोषाध्यक्ष पदमा सुजिता यादव १५७ मत प्राप्त गरि विजयी भएका छन उनका निकटमत प्रतिद्वन्दी अशोक कुमार यादवले १४४ मत प्राप्त गरेका छन ।

यता मुस्लिम सदस्यमा रहमत राइन १८६, आमिन खान १७७ र नइम शेष ११९ मत प्राप्त गरि विजयी भएका छन महिला र जनजाति सदस्य यस अघिनै निर्विरोध निर्वाचित भइ सकेका छन भने खुल्ला सदस्यको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।