बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

अम्बेडकर पार्क: सलहेश फुलवारी संरक्षण संघर्ष समितिद्वारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र

बालासुन्दरी खबर बालासुन्दरी खबर वैशाख २८, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
अम्बेडकर पार्क:  सलहेश फुलवारी संरक्षण संघर्ष समितिद्वारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र
Rampam
3D Education Lahan

जनकपुरधाम - सिरहा जिल्लाको लहान नगरपालिका वडा नम्बर १२ र २२ मा अवस्थित ऐतिहासिक, सांस्कृतिक, पौराणिक तथा धार्मिक महत्व बोकेको सलहेश फुलवारीको संरक्षणको माग गर्दै सलहेश फुलवारी संरक्षण संघर्ष समितिले मधेस प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

समितिका संयोजक मोहन पासवानको अगुवाईमा आइतबार मुख्यमन्त्रीलाई बुझाइएको सो ज्ञापनपत्रमा उल्लेख अनुसार उक्त क्षेत्र पासवान समुदायका पूर्वज एवं ईष्टदेवता मानिने लोकनायक सम्राट सलहेशसँग जोडिएको ऐतिहासिक स्थल हो ।

समानता, न्याय, मानवता र सामाजिक समावेशीताको सन्देश फैलाउने समाज सुधारक सलहेशको योगदानलाई स्मरण गर्दै समितिले फुलवारी र त्यससँग जोडिएका सम्पूर्ण स्थलहरूको संरक्षणमा राज्य उदासीन भएको भन्दै समितिले आपत्ति जनाएको छ । त्यस्तै, फुलवारी क्षेत्रभित्र हालै प्रदेश सरकारअन्तर्गत वन तथा वातावरण मन्त्रालयको पहलमा गरिएको अम्बेडकर पार्कको शिलान्यासले समुदायमा आक्रोश सिर्जना गरेको छ ।

समितिले बाबा साहेब डा. भीमराव अम्बेडकरप्रति उच्च सम्मान व्यक्त गर्दै अम्बेडकरको नाममा देशभर पार्क निर्माण हुनु स्वागतयोग्य भएको जनाउँदै सलहेश फुलवारीजस्तो विशिष्ट धार्मिक तथा सांस्कृतिक स्थलमा यस्ता संरचना निर्माण गर्नु असान्दर्भिक र असंवेदनशील भएको बताएको छ ।

ज्ञापनपत्रमार्फत समितिले प्रदेश सरकारले तत्काल उक्त पार्कको निर्माण स्थल अन्यत्र सार्नुपर्ने, सलहेश फुलवारी क्षेत्रलाई पूर्ण संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने, त्यससँग जोडिएका सम्पूर्ण स्थलहरूलाई जोडेर सलहेश सांस्कृतिक सर्किट विकास गर्नुपर्ने, र सलहेशलाई राष्ट्रिय विभूति घोषणासहित युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्नुपर्ने माग गरेको छ ।

संयोजक मोहन पासवानले ज्ञापनपत्र बुझाउँदै सलहेश फुलवारी पासवान समुदायको मात्र नभई सम्पूर्ण मधेशको सांस्कृतिक गौरव भएको भन्दै यस क्षेत्रमा कुनैपनि किसिमको अतिक्रमण वा भावनात्मक हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारे। माग सुनुवाइ नभए सशक्त आन्दोलनमा जानुपर्ने बाध्यता उत्पन्न हुने उनले चेतावनी दिए ।

WhatsApp-Image-2025-05-11-at-11.07.13-scaled-e1746949507378-1100x1536

WhatsApp-Image-2025-05-11-at-11.07.13-1-scaled-e1746949559382-1201x1536

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]