सिरहाको मिर्चैयामा ट्र्याक्टर दुर्घटना, चार मोटरसाइकलमा क्षति
रामनारायण ठाकुर
सिरहा, मिर्चैया । सिरहाको मिर्चैया नगरपालिका–५ स्थित थानाचोकमा तीव्र गतिमा आएको ट्र्याक्टर अनियन्त्रित भई सैलुन पसलमा ठोक्किँदा चार वटा मोटरसाइकलमा क्षति पुगेको छ। .
दुर्घटना ज १ त ३५२३ नम्बरको ट्र्याक्टरले मिर्चैया नगरपालिका–५ मा रहेको पूजा हेयर कटिङ सैलुन अगाडि पार्किङ गरी राखिएको मोटरसाइकलहरूमा ठक्कर दिँदै सैलुनको अगाडिपट्टिको पिलरमा ठोक्किएर रोकिएको हो।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्