रामनारायण ठाकुर
सिरहा, मिर्चैया । सिरहाको मिर्चैया नगरपालिका–५ स्थित थानाचोकमा तीव्र गतिमा आएको ट्र्याक्टर अनियन्त्रित भई सैलुन पसलमा ठोक्किँदा चार वटा मोटरसाइकलमा क्षति पुगेको छ। .
दुर्घटना ज १ त ३५२३ नम्बरको ट्र्याक्टरले मिर्चैया नगरपालिका–५ मा रहेको पूजा हेयर कटिङ सैलुन अगाडि पार्किङ गरी राखिएको मोटरसाइकलहरूमा ठक्कर दिँदै सैलुनको अगाडिपट्टिको पिलरमा ठोक्किएर रोकिएको हो।




















