काठमाडौँ । भारत र पाकिस्तानबीच शनिबार साँझ ५ बजेबाट एकअर्कामाथि गर्दै आएको आक्रमण रोक्ने सहमति भएको छ।भारतीय विदेश सचिव विक्रम मिश्रीले सो जानकारी दिएका हुन्।
उनले शनिबार साँझ पाँच बजेबाट जल, थल र आकाशमा सैन्य कारबाही र गोलीबारी बन्द गर्ने सहमति भएको पनि बताएका छन्।
पाकिस्तानका डाइरेक्टर जनरल अफ मिलिट्री अपरेसनले भारतका समकक्षीले ३ः३५ बजे फोन गर्नुभएको थियो। उहाँहरुबीच दुवै पक्षले गोलीबारी र सम्पूर्ण सैन्य कारबाही भारतीय समयअनुसार ५ बजे बन्द गर्ने सहमति भएको छ।
आज, दुवै पक्षलाई सो समझदारी अनुरुपको निर्देशन दिइएको छ। उहाँहरुबीच मे १२ को मध्यान्न १२ बजे कुराकानी गर्ने सहमति भएको छ मिश्रीले भने।




















