सिराहा - सडक निर्माण कार्य योजना सम्बन्धि सूचना माङ्गदा सिरहामा एक पत्रकारलाई असभ्य भाषा प्रयोग गरि धम्की दिएको छ।
एबि न्युज २४ के दैनिकका प्रकाशक तथा प्रेस मञ्च नेपालका केन्द्रिय सदस्य निरज यादवलाई बजरङ बली कन्ट्रक्सनका संचालक राजेश्वर साहले फोनमा विभिन्न असभ्य भाषा प्रयोग गरि धाक धम्कि देखाएको प्रती प्रेस मञ्च नेपाल सिरहाको गम्भीर ध्यानाकर्षण भएको छ ।
गत वैशाख २२ गते सिरहाको भगवानपुर गाउँपालिका ४ लहान ठाडी सडक खण्ड अन्तर्गत ठाडीमा कालोपत्र भैरहेको सडकको रिपोर्टिङ गर्न पुगेका पत्रकार यादवले फोन मार्फत योजना सम्बन्धी सुचना माग्दा संचालक साहले धाक धम्की दिनु प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत मर्यादा माथी आक्रमण हो।
तसर्थ फोनमा पत्रकारलाई धाक धम्कि दिने कन्स्ट्रक्सनका संचालकमाथी यथासिघ्र कानुनी कार्वाहीको दयारामा ल्याउन सम्बन्धित पक्षसङ्ग मञ्च सिराहाका अध्यक्ष महेश सिंहद्वारा जारी विज्ञयप्तीमा उल्लेख छ।


















