लहान -  सिरहाको लहान नगरपालिका १२ र २२ मा पर्ने सलहेश फूलवारी नजिकै डा. भीमराव अम्बेडकरको नाममा पार्क निर्माणको विषयलाई लिएर विवाद चलिरहेको बेला पुन: एक जना जग्गा दान गर्न तयार भएका छन।

जग्गा दाता जितेन्द्र सिंह धामीले जग्गा दान गर्न बाट पछि हटेपछी लहान नगरपालिका -१ घर भएका डा काशिन्द्र महराले पार्कको लागी  एक कठा जग्गा दान तयार भएका हुन।

सलहेश फूलवारीसंगै टाँसिएको जग्गामा अम्बेडकर पार्कको लागि मधेसका मुख्यमन्त्री सतिश सिंह र सीके राउतले गत वैशाख १५ गते शिलान्यास गरेका थिए । उक्त पार्कको लागि जितेन्द्र सिंह धामीके १० धुर जग्गा दान गरेका थिए।

पार्क शिलान्यास भएदिन देखि नै पासवान समुदायले राजा सलहेशको इतिहास ओझेलमा पर्न सक्ने भन्दै विरोध गर्दै आएरहेका छन।विभिन्न संचार माध्यममा विरोध भएपछि जग्गा दाता धामीले डा. राउतले  झुठो बोलेर दान गर्न लगाएकोमा जग्गा दान नगर्ने बताए पछि डा. महरा जग्गा दान गर्न तयार भएका हुन।

को हुन् अम्बेडकर ?

बाबासाहेव भीमराव अम्बेडकर भारतीय नागरिक थिए । उनले भारतीय राजनेता, दलित अगुवा, नागरिक तथा मानव अधिकारकर्मी हुँदै जातीय र धार्मिक सामाजिक विभेदविरोधी सङ्घर्षको सफलतापूर्वक नेतृत्व गरेका थिए । सन् १९४७ मा भारतीय संविधान मस्यौदा समितिको अध्यक्ष निर्वाचित भई उहाँले अनुसूचीत जातिलाई गरेको भेदभावविरुद्ध समानताको पक्षमा विशेष संवैधानिक प्रबन्ध गर्न महत्वपूर्ण योगदान गरे ।

उनलाई बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्स, लण्डन युनिभर्सिटीबाट ‘डाक्टर अफ अल साइन्स’मा विद्यावारिधि उपाधि प्राप्त गरेको एकमात्र व्यक्तिका रूपमा समेत चिन्ने गरिएको छ । उनको सालिक लण्डनको म्युजियममा कार्ल माक्र्सको सालिकसँगै राखिएको  ।

कोलम्बिया विश्वविद्यालयले सन् २००४ मा विश्वभरिका एक सय विद्वान्हरूको नाम सूचीकृत गरेकामा अम्बेडकरको नाम सो सूचीको पहिलो नम्बरमा राखेको थियो । मानवताका लागि गरेको योगदानको कदर गर्दै उनको सालिक विश्वका विभिन्न ठाउँहरूमा स्थापित गरिएको जानकारहरूले बताएका छन् ।