काठमाडौ - डा. भिमराव अम्बेडकर भारतीय नागरिक मात्र नभई विश्व रत्न रहेको बताएका छन
डा. अम्बेडकरलाई भारतीय नागरिकको रुपमा मात्रै हेर्ने अल्पज्ञानी रहेको अधिवक्ता शैलेन्द्र अम्बेडकरले बताएको हो।डा. अम्बेडकर बिश्वको सबै भन्दा ठुलो लोकतान्त्रिक संविधान भारतको संविधानको लेखक डा अम्बेडकरनै हुन।
भारतको संविधानमा वहाले राखेको समानताको हक, सामाजिक न्यायको हक, आरक्षण, समावेसिता, संघियता, महिलाको हक, आदिबासी जनजाती, पिछडा वर्ग, दलित मुस्लिम लगायतको अल्पसंख्याक सिमान्तकृत वर्गको हक अधिकार, महिलाको हक, सुचना, प्रेस स्वतन्त्रता लगायतको मौलिक हकको परिकल्पना डा. अम्बेडकरलेनै गरेका थिए।
जुन हुबहु नेपालको संबिधानले राखेको छ। नेपालको संविधानमा राखिएको मौलिक हक अधिकांस अम्बेडकर बिचारबाटै आएको हो भन्ने कुरा नकार्न मिल्दैन । किन भने महिलाको भोटको हक जब अम्बेडकरले भारतको संविधानमा लेखे त्यो बेला अमेरिका र बेलायतमा महिलालाई भोटिंगको हक थिएँन । महिला, दलित,आदिबासी जनजाती, मुस्लिम, पिछडा वर्गको अधिकारको लडाईको शुरुवात कसैले गरेको थियो भने त्यो अम्बेडकरनै थिएँ ।
महिला दलित बिरोधि रहेको भन्दै पहिलो पटक कोही मनुस्मृति जलायो भने अम्बेडकरलेनै जलाएका थिए। नेपालमा आज महिला, दलित, मधेशी, जनजाती, आदीबासीको समानता, अरक्ष्ण, समानुपातिक समाबेशिता हक संविधानमा जुन उल्लेख गरिएको छ त्यो कहाँ बात् आएको हो ? कतै न कतै अम्बेडकरकै बिचारधाराले ल्याएको हो।
अम्बेडकर त्यो विद्यार्थी थिए जसलाई दलित अछुत भनेर विद्यालयमा नाम लेख्दैन थियो त्यो व्यक्ति बिश्वको अत्यन्तै ठुलो ठुलो विश्वबिद्यालय टप गरेर ३२ डीगरी लिएका थिए | जापान, अमेरिका, कोरिया, बेलायत जस्तो देशमा अम्बेडकरको जन्मजयन्ती मनाउनु र पार्क बनाउने र मुर्ति बनाएर सम्मान गर्नुको साथै उनवाट प्रेरणा लिएको अवस्थामा नेपालमा केहि अल्पज्ञानीहरुले बिरोध गर्नुको कुनै तुक नरहेको बयाएका छन।
कसैको लागी कोही भगवान होला तर हाम्रो लागी डा. अम्बेडकर भगवान हुन। अम्बेडकर बिश्वकै चर्चित बिद्धवन थिए, हुन् र रहने छन अम्बेडकर "समानता, न्याय, समता, समाबेशिता, अरक्षण संघीयताको प्रतिक हुन् | शोषित पीडित बन्चितका भगवान हुन।

















