सप्तरी - जन चेतना दलित संगम द फ्रिडम फण्डको सहयोगमा संचालित हरवा चरवा सशक्तिकरण कार्यक्रम अन्तर्गत कार्य समिति र कर्मचारी बिच मासिक समिक्षा बैठक सम्पन्न गरेको छ।
अप्रिल २०२५ मा संचालित कृयाकलापहरुको मासिक समिक्षा तथा अनुभव आदान प्रदान गरीएका छन । नगर मंचद्धारा सुरुगा न.पा., बलान बिहुल गा.पा.मा हरवा चरवाको लगत संकलन, पहिचान , परिचय पत्र वितरणका लागी कार्यविधि निर्माण र पुर्नस्थानाको बजेट विनियोजन गर्न ज्ञापन पत्र पेश गरीएको छ ।
हरवा चरवाको जिविकोपार्जन तथा आयआर्जनमा सहयोग पुरयाउन कृषि तथा बजारीकरण तालिम, स्थानिय सरोकारबालाहरु संग अन्तकृया बैठक, स्थानिय निकाय संगको साझेदारीमा टयुशन कक्षा संचालन, महिला बचत समुहको हरहिसाव, फिल्ड अनुगमन लगायत अन्य सम्पन्न कृयाकलापहरुको समिक्षा गरीएको हो।
मेई २०२५ का लागी विद्यालय भर्ना अभियान २०८२, थप स्थानियतहरुमा ज्ञापन पत्र पेश, हरवा चरवाको पहिचान, परिचय पत्र वितरणका लागी कार्य विधि निर्माण सम्बन्धमा स्थानिय तहहरु संग अन्तकृया, प्रदेश स्तरमा जन दवाव मुलक अभियान, उठीबासमुद्धाको प्रतिउतर दर्ताकार्यमा सहयोग समुह संगठनको खातापाता अपडेट लगायत अन्य कृयाकलापहरु सम्बन्धमा सामुहिक छलफल गरी मासिक कार्ययोजना तयार गरीएका छन ।
फिल्ड अनुगमनकोक्रममा देखीएका सवलपक्षहरु लाई निरन्तरता संगै कमीकमजोरीहरु अगामी दिनमा नदोहराउने भनी सबै पक्षबाट प्रतिवद्धता जनाएका छन । एक्शन एड जिविकोपार्जन कार्यक्रमको लगानी रकमको प्रभावकारीता संगै असुलीका कार्यमा सबै मिलेर सहयोग गर्नुपर्ने , विमा भुक्तानी नविकरणमा जोडदिनुपर्ने लगायतका अन्य विषयमा छलफल गरीएको थियो । कर्मचारीहरुले संस्था द्धारा दिइएको कार्यजिम्मेबारी भुमिका ईमान्दारी साथ दायित्व बहन गर्नुपर्ने अध्यक्ष रामलखन रामले थपनु भएको थियो ।
मासिक छलफल बैठकमा संस्थाका अध्यक्ष राम लखन राम, उपााध्यक्ष सोमिन्त्रा देबी, कोषाध्यक्ष बेचनी देबी सदा, सचिव हरी राम, सदस्य विन्दा कुमारी पासमान, कार्यकारी निर्देशक ईन्द्र राम, कार्यक्रम संयोजक स्मृति निरौला, लेखा अधिकृत , कार्यक्रम सुपरभाईजर, फिल्ड सुपर भाईजर , टयुशन सहजकर्ता गरी १७ जनाको सहभागीता रहेको थियो ।




















