बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

एनआरएनए नागरिकता कामकाजी भएन्, सदनमा कुरा उठाउँछुः अध्यक्ष प्रचण्ड

बालासुन्दरी खबर बालासुन्दरी खबर वैशाख २२, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
एनआरएनए नागरिकता कामकाजी भएन्, सदनमा कुरा उठाउँछुः अध्यक्ष प्रचण्ड
Rampam
3D Education Lahan

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवसीय नेपाली संघ(एनआरएनए)को एकतामा आफूले अधिकतम प्रयास गरेको बताएका छन् ।

आइतबार एनआरएनए एकता महाधिवेशनबाट निर्विरोध निर्वाचित भएका पदाधिकारी एवम सदस्यहरुको शपथ समारोहमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा या नहुँदा एकताका लागि अधिकतम प्रयास गरेको बताएका हुन् ।

‘एनआरएनएको एकता चासो र चिन्ताको विषय थियो । मुलुक विकासको काममा यसले धक्का पुग्ने हो कि भन्ने चिन्ता थियो । सोही भएकाले एकताका लागि धेरै प्रयास गरेको हुँ । यसअघि तीन अध्यक्षलाई सँगै राखेर हस्ताक्षर गराएरै एकताका लागि प्रयास गरेको हुँ । आज शेष घलेले अदालतको आदेश अनुसार एकता महाधिवेशन सम्पन्न गर्नुभएकोमा बधाई दिन चाहन्छु,’ उनले भने,‘एकता महाधिवेशन गराउन र विना झमेल निर्वाचन सम्पन्न गराउनुभएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु ।

संविधान निर्माणकै बेलादेखि गैरआवसीय नेपालीहरुको हक अधिकारका लागि क्रियाशील रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने,‘संविधानमा गैरआवसीय नेपालीहरुको हक अधिकार सुनिश्चित गर्ने प्रयास गरेको छु । संविधानको मुल मर्म र भावना अनुसार नागरिकता प्रदान गर्ने प्रयास अघि बढायौं । मेरो तेस्रो कार्यकालमा प्रधानमन्त्रीको हैसियतमा कुल आचार्य र डा.बद्री केसीलाई नागरिकताको प्रमाण पत्र वितरण गर्ने अवसर पाएको छु । त्यो मेरो र सबैको गर्वको विषय हो,’ उनले भने,‘तर नागरिकता कामकाजी भएको छैन् । त्यसैले कामकाजी बनाउने प्रयास गरिनेछ । यो मेरो प्रतिबद्धता भयो ।’

कार्यक्रममा उनले विश्वभरि छरिएर रहेका गैरआवसीय नेपालीहरुका लागि र देशभित्रै रहेका श्रमिकहरुका लागि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रयास गरेको बताए । आफू प्रधानमन्त्री भएको बेला गोर्खाहरुको मुद्दामा पटक पटक पहलकदमी लिएको दाबी गरे ।

अध्यक्ष प्रचण्डले गैरआवासीय नेपालीहरुका मुद्दाहरुलाई सदनमा कुरा उठाउने पनि बताए । उनले नेपालमा सुशासन, सामाजिक न्यायका पक्षमा र आर्थिक विकासमा काम गर्नुपर्ने भएकाले एनआरएनएको नेटवर्क, ज्ञान, अनभव र रिसोर्सले मुलुकको समृद्धिमा सहयोग पुग्ने बताए ।सम्बोधनका क्रममा एकता महाधिवेशनबाट निर्वाचित महेश श्रेष्ठको टीमलाई बधाई समेत दिए ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]