मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
धनुषा। जानकी नवमी–सीता जयन्तीका अवसरमा मधेश प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जारी सूचनामा सो कुरा उल्लेख गरिएको छ ।
साथै, आगामी जेठ २८ गते कविरदास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णयसमेत भएको जारी सूचनामा उल्लेख छ ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्