बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

अम्बेडकर पार्कको विषयमा प्रवासबाट के भन्छ अभियान्ता दुर्गानन्द पासवान

बालासुन्दरी खबर बालासुन्दरी खबर वैशाख २१, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
अम्बेडकर पार्कको विषयमा प्रवासबाट के भन्छ अभियान्ता दुर्गानन्द पासवान
Rampam
3D Education Lahan

दोहा। सिरहाको लहान नगरपालिका १२ र २२ मा पर्ने सलहेश फूलवारी नजिकै भारतीय नेता डा. भीमराव अम्बेडकरको नाममा पार्क निर्माणको विषयलाई लिएर यतिबेला समाजिक संजालमा विभिन्न टिकाटिपनी चलिरहेको बेला प्रवास ( कतार) बाट समाजिक अभियान्ता दुर्गानन्द पासवानले पार्कको लागी उचित ठाउँ नभएको बताएका छन।

गत वैशाख १५ गते सलहेश फूलवारीसंगै टाँसिएको जग्गामा अम्बेडकर पार्कको शिलान्यास मधेसका मुख्यमन्त्री सतिश सिंह र सीके राउतले गरेका थिए । राजा सलहेशको इतिहास ओझेलमा पार्ने षड्यन्त्रमा सीके राउत लागेको भन्दै विरोध भाईरहेको बेला अभियान्ता पासवानले डा. भिमराव अम्वेडकरको नाममा पार्क बन्नु पर्छ तर फुलबारी भन्दा अन्त कतै बनाउन आग्रह पनि गरेको छ।

सल्हेश फूलवारीमा अम्बेडर पार्क निर्माण गर्दा राजा सलहेशको इतिहास तथा पहिचान मेटिने टिप्पणी गरे ।उनले भने सलहेश फूलवारी १३/१४औं शताब्दीका महानायक राजा सलहेशको जीवन, वीरता र कथासँग जोडिएको पवित्र स्थल हो । यदि अमबेडकर पार्क बनाइन्छ भने राजा सलहेशको इतिहास र गाथा ओझेलमा पर्न सक्छ । यहाँ अम्बेडकर पार्क बनाउने निर्णय सच्याइयोस

मधेस सरकारले अम्बेडकर पार्कका लागि ८० लाख रुपैया बजेट छुट्याएको छ। पार्क निर्माण नीजि जग्गामा भइरहेको जनमत पार्टीका नेता कार्यकर्ताहरुले दावी गरेका छन् । १० धुर जग्गा भने जीतेन्द्र सिंह धामीले दान गरेका छन् । अचम्म के भने सिंहले आफू अम्बेडकर पार्क निर्माण गर्न जग्गा दान नगरेको जग्गा दाता धामीले स्पष्ट पारिसकेका छन।साथै दस धुर जग्गामा कसरी ८० लाखको पार्क बन्छ भने पनि प्रश्न खरा भएको छ।

सिंहको धारणा सार्वजनिक भएपछि सीके राउतमाथि नैतिक प्रश्न खडा भएको छ । राउतले जग्गा दान वन कार्यालयको नाममा दिन लगाए तर अम्बेडकर पार्क निर्माण गर्ने भनेर जानकारी गराएनन् । झुठो बोलेर दान गर्न लगाएको जग्गामा अम्बेडकर पार्क निर्माण गर्न खोज्दा सीके राउत आफै नाङ्गिएका छन।

यतिमात्र होइन्, अम्बेडकर पार्क निर्माणका लागि नक्सा पास समेत नगराएको खुलेको छ । त्यसैले पनि पार्क निर्माण विवादमा परेको छ । यद्यपि सीके राउतले अम्बेडकर पार्क निर्माण गर्ने खालको स्टाटस सचिवालय पेजमा लेखेपछि कमेन्टमा विरोधको वर्षा भइरहेको छ । उनको पोस्टमा कमेन्ट गरेका अधिकतरले ‘अम्बेडकर पार्क’ निर्माणको विरोध गरेका छन् ।

कतिपयले दलिल-दलितलाई लडाउन र राजा सलहेशको इतिहास ओझेलमा पार्न सीके राउत लागेकोमा कडा आपत्ति जनाएका छन् ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]