दोहा। सिरहाको लहान नगरपालिका १२ र २२ मा पर्ने सलहेश फूलवारी नजिकै भारतीय नेता डा. भीमराव अम्बेडकरको नाममा पार्क निर्माणको विषयलाई लिएर यतिबेला समाजिक संजालमा विभिन्न टिकाटिपनी चलिरहेको बेला प्रवास ( कतार) बाट समाजिक अभियान्ता दुर्गानन्द पासवानले पार्कको लागी उचित ठाउँ नभएको बताएका छन।

गत वैशाख १५ गते सलहेश फूलवारीसंगै टाँसिएको जग्गामा अम्बेडकर पार्कको शिलान्यास मधेसका मुख्यमन्त्री सतिश सिंह र सीके राउतले गरेका थिए । राजा सलहेशको इतिहास ओझेलमा पार्ने षड्यन्त्रमा सीके राउत लागेको भन्दै विरोध भाईरहेको बेला अभियान्ता पासवानले डा. भिमराव अम्वेडकरको नाममा पार्क बन्नु पर्छ तर फुलबारी भन्दा अन्त कतै बनाउन आग्रह पनि गरेको छ।

सल्हेश फूलवारीमा अम्बेडर पार्क निर्माण गर्दा राजा सलहेशको इतिहास तथा पहिचान मेटिने टिप्पणी गरे ।उनले भने सलहेश फूलवारी १३/१४औं शताब्दीका महानायक राजा सलहेशको जीवन, वीरता र कथासँग जोडिएको पवित्र स्थल हो । यदि अमबेडकर पार्क बनाइन्छ भने राजा सलहेशको इतिहास र गाथा ओझेलमा पर्न सक्छ । यहाँ अम्बेडकर पार्क बनाउने निर्णय सच्याइयोस

मधेस सरकारले अम्बेडकर पार्कका लागि ८० लाख रुपैया बजेट छुट्याएको छ। पार्क निर्माण नीजि जग्गामा भइरहेको जनमत पार्टीका नेता कार्यकर्ताहरुले दावी गरेका छन् । १० धुर जग्गा भने जीतेन्द्र सिंह धामीले दान गरेका छन् । अचम्म के भने सिंहले आफू अम्बेडकर पार्क निर्माण गर्न जग्गा दान नगरेको जग्गा दाता धामीले स्पष्ट पारिसकेका छन।साथै दस धुर जग्गामा कसरी ८० लाखको पार्क बन्छ भने पनि प्रश्न खरा भएको छ।

सिंहको धारणा सार्वजनिक भएपछि सीके राउतमाथि नैतिक प्रश्न खडा भएको छ । राउतले जग्गा दान वन कार्यालयको नाममा दिन लगाए तर अम्बेडकर पार्क निर्माण गर्ने भनेर जानकारी गराएनन् । झुठो बोलेर दान गर्न लगाएको जग्गामा अम्बेडकर पार्क निर्माण गर्न खोज्दा सीके राउत आफै नाङ्गिएका छन।

यतिमात्र होइन्, अम्बेडकर पार्क निर्माणका लागि नक्सा पास समेत नगराएको खुलेको छ । त्यसैले पनि पार्क निर्माण विवादमा परेको छ । यद्यपि सीके राउतले अम्बेडकर पार्क निर्माण गर्ने खालको स्टाटस सचिवालय पेजमा लेखेपछि कमेन्टमा विरोधको वर्षा भइरहेको छ । उनको पोस्टमा कमेन्ट गरेका अधिकतरले ‘अम्बेडकर पार्क’ निर्माणको विरोध गरेका छन् ।

कतिपयले दलिल-दलितलाई लडाउन र राजा सलहेशको इतिहास ओझेलमा पार्न सीके राउत लागेकोमा कडा आपत्ति जनाएका छन् ।