एमाले सचिवालय बैठक दिउँसो २ः०० बजे बस्दै
काठमाडौँ : सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ः०० बजे बस्ने गरेर बैठक डाँकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफलका लागि एमालेले सचिवालय बैठक बोलाएको हो।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्