जनकपुरधाम । जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ खजुरीका काँग्रेसका वडासदस्य जसपामा प्रवेश गरेका छन् । 

शनिबार जसपा नेपालका युवा नेता एवम् जनकनन्दिनी गाउँपालिकाका गाँपा अध्यक्ष दिपिनदेव यादवले काँग्रेसका वडासचिव बिन्देश्वर साह (बिन्दे) लाई अबिर माला लगाएर जसपा नेपालमा स्वागत गरे । 

बिन्दे गत वि.सं. २०५४ सालदेखि नै नेपाली काँग्रेसमा सक्रिय रहँदै सो वडामा वडासचिव पद सम्हाल्दै आएका थिए । शनिबार उनले काँग्रेसको सदस्यता त्याग गर्दै अधिकारिक रुपमा जसपा नेपालमा प्रवेश गरेका छन् । 

काँग्रेसमा बर्षौदेखि लागेपनि परेको बेला सहयोग नगरेको तथा राजनीतिक करियर बनाउन सहयोग नगरेको भन्दै नेपाली काँग्रेस त्यागेर जसपा नेपालमा प्रवेश गरेको साहले सुनाए । साहसँगै खजुरीका अन्य युवाहरु समेत जसपा नेपालमा प्रवेश गरेको अध्यक्ष यादवले बताए ।