बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

एनआरएनए एकता महाधिवेशन'मा हाम्रो संलग्नता छैन : बद्री केसी पक्ष

बालासुन्दरी खबर बालासुन्दरी खबर वैशाख २०, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
एनआरएनए एकता महाधिवेशन'मा हाम्रो संलग्नता छैन : बद्री केसी पक्ष
Rampam
3D Education Lahan

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ महाधिवेशनबाट निर्वाचित बद्री केसी नेतृत्वको कार्यसमितिले वैशाख २० देखि २२ गते (मे ३–५, २०२५) सम्म काठमाडौंमा तय भएको “एकता महाधिवेशन” मा आफूहरूको कुनै संलग्नता नरहेको बताएको छ। 

संघका प्रवक्ता फणिन्द्र पन्तद्वारा जारी वक्तव्यमा उक्त महाधिवेशन विधानविपरीत भएको र यसले एकता भन्दा उल्टो फुट निम्त्याउने दाबी गरिएको छ।संस्थाको तालुकदार निकाय परराष्ट्र मन्त्रालयले समेत सो महाधिवेशन सार्न पत्र पठाइसकेको विज्ञप्तिमा उल्लेख छ । यस्तै सो सम्बन्धमा सर्वोच्च अदालतमा दायर गरिएको रिट विचाराधीन अवस्थामा रहेकोले यस्ता गतिविधिहरु न्यायिक र प्रशासनिक प्रक्रिया विपरीत भएको उल्लेख गरिएको छ।

वक्तव्यमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने, कुमार पन्त र संस्थापक सदस्य राम प्रताप थापा सहित उच्चस्तरीय समितिका १३ सदस्यमध्ये ६ जना सदस्यले महाधिवेशनमा भाग नलिने घोषणा गरिसकेको जनाइएको छ। साथै, विभिन्न राष्ट्रिय समन्वय परिषद्हरुले पनि यस्ता गतिविधिमा सहभागी नहुने अघिदेखि नै जानकारी गराइसकेको संघले जनाएको छ।

प्रवक्ताले वर्तमान विधानविपरीत सदस्यता वितरण, प्रतिनिधि छनोट र मतदाता प्रक्रिया भएको बताउँदै यस्तो प्रक्रियाले वैधानिक मान्यता नपाउने दाबी गरेका छन् । 

विज्ञप्तिमा आफूहरुको १२औँ महाधिवेशन पूर्वनिर्धारित मिति अनुसार २०२५ अक्टोबर ११ देखि १४ सम्म हुने उल्लेख छ । घलेले एकता महाधिवेशन गर्ने भएपछि शुक्रबार साँझ बद्री केसी पक्षले पत्रकार सम्मेलन समेत गरेको थियो । सो क्रममा केसीले एकपक्षीय महाधिवेशनले संस्थामा फुट ल्याउने भन्दै त्यसले वैधानिकता पनि नपाउने जिकिर गरेका थिए । 

तर पूर्वअध्यक्ष शेष घलेले एनआरएनएको विवादका सम्बन्धमा सर्वोच्चको परमादेशअनुसार शनिबारदेखि एकताको महाधिवेशन गराउन लागेको बताएका छन् । यस सम्बन्धमा सर्वोच्चमा मुद्दा परेपनि सुनुवाइ हुन नसकेपनि उच्चस्तरीय समितिका संयोजक घलेले एकता महाधिवेशन गराउन लागेका हुन् । 

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]