सप्तरी - द फ्रिडम फण्डको सहयोग र जन चेतना दलित संगम र जिल्ला हरवा चरवा अधिकार मंच सप्तरीको संयुक्त आयोजनामा १३६ विश्व श्रमीक दिवस भव्यताका साथ सम्पन्न भएको छ  ।

हरवा चरवा लगायत अन्य कृषि श्रमिक एक जुट होऔ, हरवा चरवाको पुर्नस्थापना गर, दलित माथी हुने हत्या हिंसाका घण्टाका दोषीउपर कानुनी कार्वाही गर , सुरक्षीत बसोवासको ग्यारेन्टी गर लगायतका अन्य नाराहरु सहित सुरुङ्गा न.पा.वडा नं.४ कनकपुर देखी कदमाहा सम्म परिक्रमा गरी सुरुङ्गा न.पा.को कार्यालयमा कार्यपालिका सदस्य हिरा कुमारी चौधरी लाई स्मरण पत्र बुझाएको छ । 

दलित उत्पीडनका घटनाहरुको निश्पक्ष छानविन गरी घटनामा संलगन सम्पुर्ण दोषीउपर कानुनी कार्वाही गरी पिडीत परिवारलाई न्यायदिओस , स्थानिय निकाय वा केहीजग्गाधनीहरु द्धारा बाटो वनाउने वा बाटो फराकिलो गर्ने निहुमा हरवा चरवा तथा दलितको घर भत्काउने उठीवास गराउने जस्ता कार्यतत्काल रोकीयोस भन्ने नारा लगाएकी थियो।

सुरक्षीत स्थानमा बसोवासको सुनिश्चिता गरीयोस, हरवाचरवाको पुनस्र्थापनाको लागि बिस्तृत कार्ययोजना र कार्यविधिप्रदेश मन्त्रीपरिषद बाट अविलम्वपारित गरी भुमिहिन तथा हरवाचरवा लाई जमिन् र सुरक्षितबास स्थानको ब्यवस्था गरीयोस, भुमिहिन दलित तथा हरवा चरवालाई बसोबासको लागी एक कठा र खेतीयोग्यको लागी कम्तीमा ५ कठाजग्गावितरण गरीयोस ,मन्त्रालय तथा स्थानिय निकायबाट आगामी आर्थिक बर्ष २०८२/०८३ को बजेटमा हरवा चरवा लगत संकलनका लागी आवश्यक बजेट बिनियोजन गरियोस लगायतका मागहरु सम्बोधनका लागी ध्यानाकर्षण गराईएको जन चेतना दलित संगमका कार्यकारी निर्देशक ईन्द्र रामले जानकारी गराउनु भयो । 

“८ घण्टाकाम, ८ घण्टाविश्राम, ८ घण्टा व्यक्तिगत जीवन“ भन्ने नारालाई स्मरणगर्दै, सबै श्रमिकहरूको जीवनस्तर सुधार, सुरक्षित काम वातावरण, तथा श्रमको न्यायपूर्ण ) मूल्याङ्कनका लागि सामूहिक आवाज बुलन्द गरौ। 

कृषि मजदुरको रुपमा रहेका हरवा चरवा लगायत अन्य श्रमिकहरूलाई कानुनी सुरक्षाको ग्यारेन्टी, न्यूनतम ज्याला, सामाजिक सुरक्षा र सम्मानजनक जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने आवश्कयता रहेको रामले बताउनु भयो । मन्तव्यको क्रममा प्रमुख अतिथिले डा. कृष्ण पौडेलले खाध सुरक्षा बीउ संरक्षण र विषादी नियन्त्रणबारे जनचेतना जगाउन जैबिक कृषि अभियान संचालन गरेको हो ।

आधुनिक र व्यावसायिकरणको नाममा कृत्रिम रसायनमा निर्भर खेतीपातीको बाटो गलत हो । यसलाई फेर्नु आवश्कय छ । विशेष गरी कृतिम रसायनिक मल र विषाढी रहित खेती तथा स्वस्थ र पोषणयुतm खानाको सुनिश्चित नगरी समकालीन समस्या समाधान हुन सकदैन मनत्वयको क्रममा बताउनु भयो ।

जन चेतना दलित संगमका अध्यक्ष राम लखन रामको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रमको प्रमुख अतिथि डा. कृष्ण पौडेल– खाधका लागि कृषि अभियान काठमाण्डौ , विश्ष्ठि अतिथि दर्शन मंडल– केन्द्रिय अध्यक्ष मुक्त हरवा चरवा अधिकार मंच, जिल्ला अध्यक्ष देब लाल राम, डा. सुजाता तामाङ्ग , कृष्ण गुरुङ्ग, कविता देबी महतो – केन्द्रिय सदस्य राष्ट्रिय कृषक महासंघ नेपाल, ओम प्रकाश राम प्रतिनिधी सामुदायिक आत्मनिर्भर सेवा केन्द्र , शोभिता देबी राम प्रतिनिधी राष्ट्रिय भुमि अधिकार मंच नेपाल, मणीलाल विश्वकर्मा पत्रकार, शोभीत राम नगर स्तरिय हरवा चरवा मंच , चन्देश्वरी देबी सदा दलित अगुवा , स्थानिय हरवा चरवा तथा भुमिहिन संगठनका प्रतिनिधी गरी २ सय जनाको सहभागीता रहयो । कार्यक्रमको उदेश्यबारे जानकारी तथा अतिथिहरु लाई स्वागत मन्तव्य जन चेतना दलित संगमका कार्यकारी निर्देशक ईन्द्र रामले गर्नुभएको थियो । कार्यक्रम संचालक प्रेम विश्वकर्माले गर्नुभएको थियो ।