बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

सप्तरीमा जन चेतना दलित सङ्गमले मनायो १३६ औ श्रमिक दिवस

बालासुन्दरी खबर बालासुन्दरी खबर वैशाख १८, २०८२ ३ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
सप्तरीमा  जन चेतना दलित सङ्गमले मनायो १३६ औ श्रमिक दिवस
Rampam
3D Education Lahan

सप्तरी - द फ्रिडम फण्डको सहयोग र जन चेतना दलित संगम र जिल्ला हरवा चरवा अधिकार मंच सप्तरीको संयुक्त आयोजनामा १३६ विश्व श्रमीक दिवस भव्यताका साथ सम्पन्न भएको छ  ।

हरवा चरवा लगायत अन्य कृषि श्रमिक एक जुट होऔ, हरवा चरवाको पुर्नस्थापना गर, दलित माथी हुने हत्या हिंसाका घण्टाका दोषीउपर कानुनी कार्वाही गर , सुरक्षीत बसोवासको ग्यारेन्टी गर लगायतका अन्य नाराहरु सहित सुरुङ्गा न.पा.वडा नं.४ कनकपुर देखी कदमाहा सम्म परिक्रमा गरी सुरुङ्गा न.पा.को कार्यालयमा कार्यपालिका सदस्य हिरा कुमारी चौधरी लाई स्मरण पत्र बुझाएको छ । 

दलित उत्पीडनका घटनाहरुको निश्पक्ष छानविन गरी घटनामा संलगन सम्पुर्ण दोषीउपर कानुनी कार्वाही गरी पिडीत परिवारलाई न्यायदिओस , स्थानिय निकाय वा केहीजग्गाधनीहरु द्धारा बाटो वनाउने वा बाटो फराकिलो गर्ने निहुमा हरवा चरवा तथा दलितको घर भत्काउने उठीवास गराउने जस्ता कार्यतत्काल रोकीयोस भन्ने नारा लगाएकी थियो।

सुरक्षीत स्थानमा बसोवासको सुनिश्चिता गरीयोस, हरवाचरवाको पुनस्र्थापनाको लागि बिस्तृत कार्ययोजना र कार्यविधिप्रदेश मन्त्रीपरिषद बाट अविलम्वपारित गरी भुमिहिन तथा हरवाचरवा लाई जमिन् र सुरक्षितबास स्थानको ब्यवस्था गरीयोस, भुमिहिन दलित तथा हरवा चरवालाई बसोबासको लागी एक कठा र खेतीयोग्यको लागी कम्तीमा ५ कठाजग्गावितरण गरीयोस ,मन्त्रालय तथा स्थानिय निकायबाट आगामी आर्थिक बर्ष २०८२/०८३ को बजेटमा हरवा चरवा लगत संकलनका लागी आवश्यक बजेट बिनियोजन गरियोस लगायतका मागहरु सम्बोधनका लागी ध्यानाकर्षण गराईएको जन चेतना दलित संगमका कार्यकारी निर्देशक ईन्द्र रामले जानकारी गराउनु भयो । 

“८ घण्टाकाम, ८ घण्टाविश्राम, ८ घण्टा व्यक्तिगत जीवन“ भन्ने नारालाई स्मरणगर्दै, सबै श्रमिकहरूको जीवनस्तर सुधार, सुरक्षित काम वातावरण, तथा श्रमको न्यायपूर्ण ) मूल्याङ्कनका लागि सामूहिक आवाज बुलन्द गरौ। 

कृषि मजदुरको रुपमा रहेका हरवा चरवा लगायत अन्य श्रमिकहरूलाई कानुनी सुरक्षाको ग्यारेन्टी, न्यूनतम ज्याला, सामाजिक सुरक्षा र सम्मानजनक जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने आवश्कयता रहेको रामले बताउनु भयो । मन्तव्यको क्रममा प्रमुख अतिथिले डा. कृष्ण पौडेलले खाध सुरक्षा बीउ संरक्षण र विषादी नियन्त्रणबारे जनचेतना जगाउन जैबिक कृषि अभियान संचालन गरेको हो ।

आधुनिक र व्यावसायिकरणको नाममा कृत्रिम रसायनमा निर्भर खेतीपातीको बाटो गलत हो । यसलाई फेर्नु आवश्कय छ । विशेष गरी कृतिम रसायनिक मल र विषाढी रहित खेती तथा स्वस्थ र पोषणयुतm खानाको सुनिश्चित नगरी समकालीन समस्या समाधान हुन सकदैन मनत्वयको क्रममा बताउनु भयो ।

जन चेतना दलित संगमका अध्यक्ष राम लखन रामको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रमको प्रमुख अतिथि डा. कृष्ण पौडेल– खाधका लागि कृषि अभियान काठमाण्डौ , विश्ष्ठि अतिथि दर्शन मंडल– केन्द्रिय अध्यक्ष मुक्त हरवा चरवा अधिकार मंच, जिल्ला अध्यक्ष देब लाल राम, डा. सुजाता तामाङ्ग , कृष्ण गुरुङ्ग, कविता देबी महतो – केन्द्रिय सदस्य राष्ट्रिय कृषक महासंघ नेपाल, ओम प्रकाश राम प्रतिनिधी सामुदायिक आत्मनिर्भर सेवा केन्द्र , शोभिता देबी राम प्रतिनिधी राष्ट्रिय भुमि अधिकार मंच नेपाल, मणीलाल विश्वकर्मा पत्रकार, शोभीत राम नगर स्तरिय हरवा चरवा मंच , चन्देश्वरी देबी सदा दलित अगुवा , स्थानिय हरवा चरवा तथा भुमिहिन संगठनका प्रतिनिधी गरी २ सय जनाको सहभागीता रहयो । कार्यक्रमको उदेश्यबारे जानकारी तथा अतिथिहरु लाई स्वागत मन्तव्य जन चेतना दलित संगमका कार्यकारी निर्देशक ईन्द्र रामले गर्नुभएको थियो । कार्यक्रम संचालक प्रेम विश्वकर्माले गर्नुभएको थियो ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]