बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

जसपाकी नेतृ यादवले बिहेमा बन्दुक चलाएको भिडियो भाईरल के हो वास्तविकता ?

बालासुन्दरी खबर बालासुन्दरी खबर वैशाख १८, २०८२ ३ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
जसपाकी नेतृ यादवले बिहेमा बन्दुक चलाएको भिडियो भाईरल के हो वास्तविकता ?
Rampam
3D Education Lahan

सप्तरी - जनता समाजवादी पार्टी (जसपा)  नेपालकी  केन्द्रीय सदस्य डा. बबीसिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियो यतिबेला सोसल मिडिया भाइरल बनेको छ । विभिन्न व्यक्ति तथा फेसबुक पेजमा भिडियो शेयर भइरहेको छ । भिडियो शेयर गर्ने अधिकांशले हतियारको वैधताबारे प्रश्न उठाएका छन् । 

भाइरल भइरहेको भिडियो हेर्दा एक पारिवारिकजस्तो लाग्ने जमघटमा डा. यादवले नाच्दै हवाई फायर गरेको देखिन्छ । भिडियो सार्वजनिक भएपछि धेरैले यसलाई शक्तिको दुरुपयोग भनेर प्रहरी प्रशासनमाथि समेत प्रश्न उठाइरहेका छन् । 

सप्तरीको बोदेबरसाइन नगरपालिका–५ की डा. यादव राष्ट्रियसभा सदस्य, जसपा नेपालका उपाध्यक्ष एवम् पूर्वमन्त्री मृगेन्द्रसिंह यादवकी एक मात्र छोरी तथा बोदेबरसाइन नगरपालिकाका मेयर आतेस सिंहको बहिनी हुन् । राजनीतिक परिवारकी भएकाले उनले शक्तिको धमास दिएको भन्दै सोसल मिडियामा आलोचना भइरहेको छ । ‘सार्वजनिक कार्यक्रममा खुलेआम पेस्तोल लिएर नाचेकी छन् । उनले लिएको पेस्तोल वैध हो कि हैन ? उनलाई पेस्तोल राख्न स्थानीय प्रशासनले अनुमति दिएको छ कि छैन ? यस्तै प्रश्न धेरैले गरेका छन् । 

के भन्छिन् बबीसिंह ?

डा. बबीसिंह यादवले भाइरल भइरहेको भिडियो हप्ता दिनअघि भारतमा भएको एक वैवाहिक समारोहको भएको बताएकी छन् । त्यहाँ आफूले वास्तविक नभएर नक्कली पेस्तोल पड्काएर रमाइलो गरेको उनको दाबी छ । 

उनको मामली सर्लाहीका जमिनदार हुन् । ‘गएको ११ वैशाखमा मेरो मामाकी छोरीको विवाह थियो । ज्वाइँ भारत सीतामणिका हुनुहुन्छ । त्यसैले सीतामणिमै वैवाहिक समारोह आयोजना गरिएको थियो । त्यहीँ मामाका छोराहरूले नक्कली गन ल्याएर फायर गर्न भने । मैले रमाइलोका लागि फायर गरेँ उनले भनिन्न क्कली पेस्तोल पड्काएको त हो नि भनेर आफैंले टिकटकमा भिडियो पोस्ट गरेकी थिएँ ।

भिडियो पोस्ट भएको केही घण्टामै भाइरल बन्यो । कतिपयले उनलाई मेसेज गरेर भिडियोबारे जिज्ञासा राख्न थाले । बेकारमा किन विवादमा पर्नु भनेर मैले पछि भिडियो डिलिट गरिदिएँ । तर, अरु पेज र प्रोफाइलबाट भिडियो हालेर भाइरल बनाइएछ डा. यादवले भनिन् । 

नक्कली पेस्तोलबारे आफूलाई पनि सुरुमा केही थाहा नभएको उनले बताइन् । ‘विवादमा परेपछि भाइहरूलाई सोधें रेञ्जर टोय खेलौना रहेछ, यसबारे गुगल गरेर पनि बुझेँ’, उनले भनिन् ।

भिडियोलाई लिएर प्रश्न उठाइएपछि प्रहरीले समेत जिज्ञासा राखेको र आफूले प्रस्ट पारेको उनले स्पष्ट पारिन् । 

‘एक वैवाहिक समारोहका बीच रेञ्जर टोइ नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाई दिनुहुनका लागि यहाँ सम्पूर्णमा अनुरोध एवम् आग्रह गर्दछु’, फेसबुक पोस्टमार्फत समेत उनले भनेकी छन्, ‘साथै, सो भिडियो नितान्त मनोरञ्जनात्मक मात्रै भएको समेत जानकारी गराउँदछु ।’ 

कस्तो हो रेञ्जर टोय गन ?

जसपा नेतृले फेसबुकमार्फत नै पेस्तोलको प्रस्ट फोटो’ पनि सार्वजनिक गरेकी छन्, जसमा ‘रेञ्जर टोय गन’ लेखिएको छ । यो सत्य हो भने त्यो वास्तविक नभएर बच्चाहरूका लागि बनाइएको खेलौना पेस्तोल हो । साधारणतया बच्चाहरूका लागि बनाइएका प्लास्टिक वा अन्य सुरक्षित सामग्रीबाट निर्मित खेलौनाका बन्दुकहरूलाई रेञ्जर टोय गन भनिन्छ । कतिपय देशमा सक्कलीजस्तै देखिने टोय गनहरूमाथि प्रतिबन्ध वा नियमन गरिएको हुन्छ। 

032741804494373301_122172389132309279_4039388554475237984_n

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]