सप्तरी - जनता समाजवादी पार्टी (जसपा) नेपालकी एक नेतृले विहेमा बन्दुक पडकाएपछि  आलोचना भएको छ । 

बिहेको एक कार्यक्रममा रँगदारी गीतमा बन्दुक लिएर आतिसवाजी गरेपछि समाजिक सँजालमा अहिले उनको चर्को आलोचना भईरहेको छ । समाजिक सँजाल फेसबुकमा उनले फायरिँग गरेको भिडियो भाइरल बनेको छ ।

पूर्वमन्त्री मृगेन्द्र सिंह यादवकी छोरी समेत रहेकी जसपा नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवले आफ्नो हातमा बन्दुक लिएर फायरिँग गरेको खेलौना रहेको बताएकी छन।

भिडियो भाईरल बनेपछि बबि सिँहले त्यसलाई खेलौना पेस्तोल भएको भन्दै अतिरञ्जित नबनाउन आग्रह गरेकी छन।समाजिक सँजालमा उनले प्रयोग गरेको खेलौना बन्दुकको फोटो हाल्दै खेलौना भएको प्रतिक्रिया दिएकी छन।

322461a9-b505-4461-9679-ab8d5017f2da