बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

वडा अध्यक्ष अमित ठकुरीको एतिहासिक कार्य, मेयरले गरे उद्दघाटन

बालासुन्दरी खबर बालासुन्दरी खबर वैशाख १७, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
वडा अध्यक्ष अमित ठकुरीको एतिहासिक कार्य, मेयरले गरे उद्दघाटन
Rampam
3D Education Lahan

विनोद मण्डल,

सिराहा - सिराहा जिल्लाको दुर्गम क्षेत्रमा विकासको मूल फुटाउँदै अघि बढिरहेका वडा अध्यक्ष अमित ठकुरीले निर्धारित समयमा वडा कार्यालय भवनको निर्माण सम्पन्न गरी उद्दघाटन गराउन सफल हुनु भएको छ । वैशाख १७ गते शुभ साईतमा कार्यालय भवनको परिसरमा आयोजित एक औपचारिक समारोहका बीच उक्त नयाँ भवनको उद्दघाटन धनगढीमाईका नगर प्रमुख शिवशंकर महतोले रिवन काटेर कार्यालय भवनको भित्रपट्टी राखिएको शिलालेखको रातो व्यानर खोलेर भवनको उद्घघाटन गर्नु भएको हो । शिलालेखमा उल्लेख गरिएको शब्दहरू उपमेयर संगीता चौधरीले पढ्नु भएको थियो । आधुनिक तवरले निर्माण गरिएको उक्त भवनमा स्टोर, शभा हल, प्रमुख बस्ने कोठा, प्रशासनिक कोठा,शौचालय लगायत रहेको छ । औपचारिक कार्यक्रममा प्रवेश गर्नु अगाडि मेयर शिवशंकर महतो, उपमेयर संगीता चौधरी , प्रमुख प्रशासकिय अधिकृत,स्थानिय समाजसेवी ,बुद्धिजीवी, पत्रकार लगायतले कोठाहरूको निरीक्षण गर्नु भएको थियो ।स्थानिय पण्डित लक्ष्मण काफ्लेद्वारा विधिपूर्वक पूजापाठ गराई उद्दघाटन गरिएको थियो । सभा हलमा आयोजित कार्यक्रममा नगरका प्रसासनीक निकायका कर्मचारीहरु, प्राविधिक टोली, स्थानिय समाजसेवीहरु दिलीप लामा, लक्ष्मण राई,राजनीतिकर्मी महेन्द्र लामा, पूर्व वडा अध्यक्ष ठरेन्द्र राई लगायत स्थानिय वडाबासीहरुको सहभागितामा भएको कार्यक्रममा प्रमुख अतिथि लगायत सबैलाई गम्छा र मालाले सम्मान गरिएको थियो । कार्यकममा अथितिहरुलाई स्वागत रामकुमार हमालले गरेका थिए भने प्रमुख प्रशासकिय अधिकृतले वडा अध्यक्ष अमित ठकुरीलाई बधाई दिँदै यस वाडाले पर्यटन सम्भावना बोकेको भन्दै वडा कार्यालय निर्माण प्रति खुशी व्यक्त गर्नु भएको थियो । वडा नं १४ मा वडा कार्यालय भवनको निर्माण सम्पन्न भएपछि आफ्नो सपना पुरा भएको उपमेयर संगीता चौधरीले बताए ।वडा कार्यालय भवनको निर्माणले अति खुशी लागेको मेयर शिवशंकर महतोले बताए । भौगोलिक रूपमा विकट पहाडी क्षेत्रको रूपमा रहेको वडा नं १४ मा वडा कार्यालय भवनको निर्माण वडा अध्यक्ष अमित ठकुरीले गरेपछि उनको चौतर्फी चर्चा परिचर्चा भइरहेको अवस्थामा स्थानियले छोटो प्रतिक्रिया दिँदै वडामा खानेपानी,बिजुली, सडक, मठ मन्दिरहरु, टटबन्ध जाली, टावर, कलभरट लगायतको कार्य सम्पन्न हुँदै आएको बताएका छन । सभाहलमा कार्यक्रमको शुरुवातमा वडा कार्यालय भवनको निर्माणको लागि जग्गा दान गर्नु भएका दाताहरुलाई विशेष सम्मान गरिएको थियो ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]