काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको ओखलढुङ्गा जिल्ला अधिवेशन सम्पन्न भएको छ । पार्टीको जिल्ला अधिवेशनबाट प्रकाश तामाङ सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् ।
समितिको उपाध्यक्षमा तीर्थ तामाङ, सचिवमा पासाङ निमा शेर्पा र उपसचिवमा चमर राई र निर्मल सुनुवार निर्वाचित भएको पूर्व जिल्ला अध्यक्ष समेत रहेका पार्टीका केन्द्रीय सदस्य खेमराज खड्काले जानकारी दिएका छन् ।
नवनिर्वाचित जिल्ला समिति २१ सदस्यीय रहेको बताइएको छ ।




















