बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

जसपा नेपाल धनुषाको अधिवेशन वैशाख २५ गते हुने

बालासुन्दरी खबर बालासुन्दरी खबर वैशाख १६, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
जसपा नेपाल धनुषाको अधिवेशन वैशाख २५ गते हुने
Rampam
3D Education Lahan

जनकपुरधाम -  जनता समाजवादी पार्टी नेपाल धनुषाको जिल्ला अधिवेशन वैशाख २५ र २६ गते जनकपुरधाममा हुने भएको छ।
जिल्ला कार्यसमितिको बैठकले जिल्ला अधिवेशन जनकपुरधामको महेन्द्र नारायण निधी मिथिला साँस्कृतिक भवनमा गर्ने निर्णय गरेको जिल्ला सचिव वरुण कुमार यादवले जनाएका छन ।

अधिवेशनमा करिब ३ सय प्रतिनिधि सहभागी हुने सचिव यादवले बताए । उनले भने ,‘ कृयाशिल सदस्यताको अनुपातमा करिब ३ सय प्रतिनिधि अधिवेशनमा सहभागी हुने भएका छन । भातृ संगठनहरुबारे निर्णय गर्न बाँकी रहेकाले केही प्रतिनिधि थपिन सक्छ ।

जसपा नेपालले बैशाख महिना भित्र देशभरि नै अधिवेशन सक्न दिएको निर्देशन अनुरुप जिल्ला जिल्लाहरुमा अधिवेशन भै रहेको छ ।
अधिवेशनको मिति निर्धारण भए संगै अध्यक्षका आकांक्षीहरुले आफनो दौडधुप तीब्र पारेका छन । जसपा नेपाल धनुषाको जिल्ला अध्यक्षका लागि अहिले सम्म वर्तमान जिल्ला अध्यक्ष पशुपति यादव , संगठन विभाग प्रमुख सत्रुधन यादव, सचिव वरुण कुमार यादव, मुमु गापाका अध्यक्ष जयकुमार यादव र जनकनन्दनी गापाका अध्यक्ष दिपीन यादवले आ–आफनो उम्मेदवारी घोषणा गरेका छन ।

अध्यक्ष पशुपति यादवले संगठनलाई चुस्त दुस्त बनाउन आफु अध्यक्षमा दोहरिन चाहेको बताएका छन । उनले अगामी निर्वाचनलाई ध्यानमा राख्दै संगठन निर्माण, एकजुटता , गुटको अन्त्य र आन्तरिक अनुशासन कायम गराउने लक्ष्यका साथ उम्मेदवारी घोषणा गरेको बताएका छन ।
त्यसै गरि संगठन विभाग प्रमुख एवं अध्यक्षका आकांक्षी सत्रुधन यादवले आफु सहमतिमै अध्यक्षको चयन होस भनि आकांक्षा राखेको बताए । उनले निर्वाचन प्रक्रियामै गए आफनो उम्मेदवारी रहने र सहमतिमा बाधक नबन्ने बताएका छन । उनले संगठन भित्र देखिएको कमी कमजोरीलाई अन्त्य गर्न आफु उम्मेदवारी घोषणा गरेको बताएका छन ।

त्यसै गरि जय कुमार यादवले जसपा नेपाललाई जिल्लामै पहिलो बनाउन आफनो उम्मेदवारी रहने बताएका छन । सहमतिको लागि आफु सक्दो प्रयास गर्ने बताउदै यादवले निर्वाचन नै हुने अवस्था आए आफनो पनि उम्मेदवारी रहने बताएका छन ।

अध्यक्षका आकांक्षीहरु अहिले केन्द्रिय नेतृत्व संगको समन्वय र प्रतिनिधिहरु संगको भेटघाटलाई तीब्र बनाएका छन । नयाँ नेतृत्वको काँधमा अगामी निर्वाचन समेत आउने भएकाले आकाँंक्षीहरु आ–आफनो प्रचार प्रसारलाई तीब्र बनाएका छन ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]