दोहा - गैरआवासीय नेपाली संघका आइसिसि सदस्य सुरेश भट्ट आश्रिनले महाधिवेशनबाट भागेर सत्य निरुपण नहुने बताएका छन् । एकता महाधिवेशनमा बाट भाग्ने , विभिन्न बहानामा मुद्दा-मामिला गर्ने अनि "आफैं बोक्सी आफैं धामी" बन्ने प्रवृत्ति जुन देखियो, यो एनआरएनए अभियन्ताहरुलाइ क्षम्य छैन उनले लेखेका छन् । चाहे उपेन्द्र महतोले मिडिया ट्रायल गरेपनि निश्चिति समयमा सर्वोच्चको परमादेश अनुसार एकताको अधिवेशन हुने जिकिर गर्दै बद्री केसी समूहले दर्जनौं मुद्दा हालेपनी सत्य निरुपण सर्बोच्चले गर्ने विश्वास लिएको बताए ।



















