बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

जिल्लामा पहिलो पटक वृहत समुदाय सुरक्षा सचेतना अभियान कृष्णनगरमा समापन

बालासुन्दरी खबर बालासुन्दरी खबर वैशाख १५, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
जिल्लामा पहिलो पटक वृहत समुदाय सुरक्षा सचेतना  अभियान कृष्णनगरमा समापन
Rampam
3D Education Lahan

कृष्णनगर - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभा हलमा स्थानीय तह प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय कृष्णनगर र कृष्णनगर नगरपालिकाको आयोजनामा वृहत समुदाय सुरक्षा सचेतना ४० दिने अभियान कृष्णनगरको सभा हलमा कार्यक्रम समापन गरिएको छ। कार्यक्रमका अध्यक्ष कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह, विशिष्ट अतिथिमा नगर उप प्रमुख आरती देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, , अतिथिमा उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रितेश शर्मा, कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्याय लगायत रहेका थिए।

वृहत समुदाय सुरक्षा सचेतना अभियान कार्यक्रमको बारेमा प्रकाश पार्दै प्रहरी निरिक्षक सुरज खत्रीले, कार्यक्रममा अपराध रोक्न सबैको दायित्व रहेको, गांउघरमा गएर हामी स्थानीएको सहयोगमा सचेतना गराएको, विद्यालयमा समेत विद्यार्थी हरूलाई सचेतना जगाउने काम गरेको,अपराधका प्रकार, अपराध रोकथाम लगायत कार्यक्रमको लक्ष्य र

उदेश्य अनुसार आफू हरूले लक्ष्य प्राप्तिको लागि हरेक सम्भव प्रयास गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले उपस्थित माझ जानकारी गराए। २४ वटा गांउ स्तरिय १५०० जना तथा विद्यालय स्तरीय १० वटा कार्यक्रममा ८०० जना विद्यार्थी हरुमा तथा सीमा क्षेत्रका २५० जनामा जनचेतना अभिवृद्धि गरिएको थियो। कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष नगर प्रमुख शाहले खुला सिमाना चुनौतीको विषय रहेको बताउदै, लागु औषधमा लागेका व्यक्ति हरूको घटना अध्ययन गर्नु पर्ने विषय हो। कहि न कहि हाम्रो समाजमा कुरिति अझै रहेको बताउदै शिक्षाको माध्यम बाट समाजलाई विकसीत गर्नु पर्ने बताउदै। सुरक्षाको बिषयमा नगरपालिका गम्भीर भएर लाग्ने बताउदै समाजलाई सचेत तुल्याउन हामी सबै आ आफ्नो कर्तव्य निर्वाह गरि भय रहित समुदाय निर्माणमा लाग्नुपर्ने बताए। साथै समाजमा सचेतना फैलाउन अहम भूमिका खेल्नु भएका इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रहरी निरिक्षक खत्री र इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी नारिक्षक हर्ष बहादुर चन्दलाई विशेष धन्यवाद दिए। कार्यक्रममा उक्त अभियानमा विभिन्न माध्यम बाट सहयोग गरेका विभिन्न संघसंस्था, पत्रकार, जन प्रतिनिधि लगायत अन्यलाई सम्मान गरिएको थियो। कार्यक्रममा प्रहरी, शिक्षक, होटल व्यवसायी, विभिन्न संघ संस्थाका प्रतिनिधि, जन प्रतिनिधि कर्मचारी लगायत सरोकारवालाको उपस्थित रहेका थिए।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]