लहान - राजा सल्हेशको ईतिहासलाई मेटाएर फुलबारीमा अम्बेडर पार्क बनाउन लागेकोमा दुसाध (पासवान) समुदायले विरोध गरेका छन।
सिराहाको लहान नगरपालिका १२ र २२ मा पर्ने सल्हेश फुलबारीमा बाबा साहेब भिम राव अम्बेडकरको नाममा पार्क शिलान्यास गरेपछि पासवान समुदायहरुले विरोध जनाएको हो।
सोमबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउत मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह , मधेसका वन तथा वातावरण मन्त्री त्रिभुवन साह लगायतका नेताहरुको उपस्थितमा बाबा साहेब अम्बेडर पार्क शिलान्यास गरेको हो।
भारतका बहुज्ञ विधिवेता अर्थशास्त्री , राजनीतिज्ञ , एव समाजसुधारक बाबा साहेब प्रति सम्मान छ तर पासवान समुदायको कुल देवताको रुपमा राजा सल्हेशको फुलबारीमा अम्बेडकर पार्क शिलान्यास गर्ने भनेको जनमत पार्टीले सल्हेशको ईतिहास मेटाउनु कति जायज हो भने।
फुलबारीमा प्रत्येक वर्ष वैशाख १ गते राजा सल्हेशकै प्रेम प्रतिक स्वरुप एउटा रुखमा फुल फुल्छ। सदियौ देखिको ईतिहास फुलबारी धार्मिक संस्कृतिक दुसाध ( पासवान ) को कुल देवता भएको ठाउँमा अम्बेडकर नामक पार्क बनाउन लागेकोमा दु:खद रहेको समाजिक अभियान्ता दुर्गानन्द पासवान बताउछन।
दुर्गानन्द पासवान लेख्छन

चन्देश्वर पासवान लेख्छन




















