रंजित चौरसिया

वीरगंज - यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त छैठौ तहका अधिकृत चन्द्रशेखर साहले ठूलो सवारी शाखाको फाँट प्रमुख भई आफ्ना शाखाका कर्मचारीहरुलाई केही गर्न नदिई सबै काम एकलौटी रुपमा गरिराखेको आरोप लाग्न थालेको छ ।

 ठूलो सवारी शाखामा मोटो रकम आउने भएको हुनाले फाँट प्रमुखको हैसियतले “एनीहाउ पैसा कमाउ” अभियानमा लाग्दा फाँटकै कर्मचारीहरुबाट बिद्रोह हुन थालेको समाचार स्रोतले जनाएको छ । 

भ्रष्टाचार सन्दर्भमा राम्रो अनुभव बटुलन सफल भएका अधिकृत चन्द्रशेखरले फाँट र कार्यालयमा मन्त्री कौशल किशोर राय मेरा गुरु हुन र म उनका चेलो भएको कारण कसैले फुर्ती लगाए सरुवा गराई दिने धम्की दिने गरेको स्रोतले बताउदंछ । 

माननीय श्रम तथा यातायात मन्त्री राजनीतिक गर्नु भन्दा अगाडि शिक्षण पेशामा रहेको हुनाले सोही विद्यालयमा अधिकृत शेखर साहले पढाई गर्दा वर्तमान समयमा वहाँहरु गुरु चेला भएको स्वयं अधिकृत साहले धाक लगाउने गरेको उनको भनाईलाई उद्धृत गर्दै स्रोतले जनाएको छ । 

कार्यालयका कुनै पनि कर्मचारी र अधिकृतहरुलाई भैलु नै नदिई प्रत्यक्ष रुपमा मन्त्री रायको नाम लिदै धैरै बोल्ने प्रयास ग¥यो भने मन्त्रीजी सँग भनेर वीरगंजबाट लखेटन बेर लाग्दैन भनि धाक देखाउने गरेको स्रोतको भनाई रहेको छ । 

अधिकृत साहले ठूलो सवारी शाखाको फाँट प्रमुख भई सेवाग्रहीहरु सँग मोटो रकम असुली राखेको भुक्तभोगीहरु बताउंदछन् । भ्रष्ट प्रवृतिका अधिकृत साहले वीरगंज यातायात कार्यालयमा करिब ७ वर्ष देखि कार्यरत्त रहेका छन् । 

उनको सरुवा बीच–बीचमा भईरहँदा पनि उनी १०÷१५ दिनको लागि रवाना लिएर जान्छन र शक्ति केन्द्रलाई चाँदीको जुत्ता भिडाई पुनः वीरगंज यातायात मै आउने गरेका छन् । 

अधिकृत साहको करिब ७ वर्षको बसाईमा उनी करिब २० करोडको सम्पत्ति आर्जन गरेको र ती सम्पत्तिहरु आफ्ना नातागोताहरुको नाममा राखेको उनका निकटवर्तीहरु बताउंदछन् । 

निवर्तमान समयमा ट्रायल प्रमुख भई सवारी चालकका सेवाग्रहीहरुलाई हैरान गर्ने गरेको कारण लाईसेन्सको काम बदनाम हुदै गएको बताईन्छ । 

अधिकृत साहले बिगतमा ट्रायल प्रमुख भएको नाताले सवारी चालकको परीक्षामा फेल भएका सेवाग्रहीहरु सँग रकम उठाई कार्यालयमा ठूल–ठूला व्यक्तिको सिफारिस हो भनि परीक्षा समितिलाई झुक्याउदै अनावश्यक तरिकाले लाखौं लाख कमाएको स्रोतको कथन रहेको छ । 

अधिकृत साहले कुन मितिमा सरकारी जागिरेमा प्रवेश गरेका हुन र उनको जम्मा तलब कति भएको छ तथा उनका हालको सम्पत्ति कति रहेको छ ? यस सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण विभाग लगायतका नियमनकारी निकायले आवश्यक छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउंदा अधिकृत साहबाट ठगिएका भुक्तभोगीहरु दाँतले औला टोक्न बाध्य भएका छन् ।