जनकपुरधाम - मंसुरी एकता मन्च नेपालले रक्तदान कार्यक्रम सप्पन्न गरेको छ
शनिबार जनकपुरधाम उपमहानगरपालिका -१६ स्थित संस्थाको केन्द्रिय कार्यलयमा मंसुरी एकता मञ्च नेपाल तथा नेपाल रेडक्रस सोसाईटी जनकपुरको समन्वयमा रक्तदान कार्यक्रम गरेको हो।
संस्थाको केन्द्रिय अध्यक्ष मोहम्मद साहबको सभापतित्वमा तथा नेपाल रेडक्रस सोसाइटी जनकपुरधाम शाखाका बिरेन्द्र पासवान तथा विभिन्न समाजसेवी बुद्धिजीवीहरुकोसहभागीतामा रक्तदान कार्यक्रम सप्पन्न भएको हो।
मंसुरी एकता मञ्च नेपालले विश्वको विभिन्न देशमा सक्रिय रुपमा युवाहरु काम गर्दै आईरहेका मंसुरी एकता मञ्च नेपाल कतारका अध्यक्ष अजाद मंसुरीले बताए।



















