रामएकवाल राम

दोहा , कतार :- नयाँ वर्ष २०८२ को सुखद अवसरमा हेल्प मधेशी कतारले एक कार्यक्रमको आयोजना गरि शुभकामना अदान प्रदान कार्यक्रम सप्पन्न गरेका छन।

शुक्रबार कतारको अल दोसरी पार्कामा आयोजित नयाँ वर्ष २०८२ सालको उपलक्ष्यमा वनभोज जुरशितल तथा संस्कृतीक कार्यक्रमको आयोजना गरि एक आपसमा शुभकामना अदान प्रदान गरि मनाएको हो।

dd3f60fb-b6c1-48b5-aa0a-0dd8786e62b2

संस्थाको अध्यक्ष रमेश यादवको सभापतित्व तथा कतारका लागि नेपाली राजदुत महामहिम रमेश चन्द्र पौडेलको प्रमुख आतिथ्यतामामा सप्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले खाडी मुलुकमा रहेर पनि आफ्नो परम्परा, संस्कृती, अनुरुप गरिएको कार्यक्रमलाई प्रसंशा गर्दै सबैमा नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए।

3f33b6f7-4f33-4d75-af9d-80937b3d5fce

कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाको प्रमुख तथा प्रतिनिधि , कालाकार , पत्रकार संस्था भुतपुर्व अध्यक्ष रामकल्याण महतो, रामकुमार यादव सहित अन्य व्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममा संस्थको संस्थाका सल्लाहकार  अरुण कुमार यादवले सहजीकरण गरेका थिए भने प्रथम उपाध्यक्ष जय किशोर मण्डलले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रमलाई समापन गर्दै सभाध्यक्ष रमेश यादवले यस कार्यक्रमलाई सफल बनाउन विभिन्न तह तप्काबाट सहयोग गर्नु हुने तथा निम्तोलाई स्विकार्दै कार्यक्रममा उपस्थित सबैमा  नयाँ वर्ष २०८२ को शुभकामना व्यक्त गरेका थिए।

d65ef4ab-0f52-42c2-a0a7-eda18f0a06c0

0b1adb50-f1be-4e78-883b-99656d8da176

719d4fd8-3f94-415d-93ee-cb9a49ebc777

6e1f6601-8f9f-4061-8b99-1b92a4e31399