सिरहा। जनता समाजवादी पार्टी नेपाल सिरहा जिल्लाको अध्यक्षमा अशोक कुमार यादव दोहरीएका छन ।
हिजो बुधवार अवेर राति सम्म भएको सहमतिको सफल नभए पछि विहीवार विहान मतदानको प्रक्रिया शुरु गरिएको थियो । तर सहमतिको सम्भावना कायमै रहेको भन्दै जिल्लाका शिर्ष नेताहरुले मतदान प्रक्रिया अन्तिम समयमा रोकेर सहमतिमै जिल्ला कमिटी चयन गर्न सफल भएका छन ।
यादवको अध्यक्षतामा सर्वसम्मत चयन गरिएको सिरहा जिल्ला कमिटीको उपाध्यक्षमा लालबहादुर साह (बरियारपट्टी), अशोककुमार मण्डल (कल्याणपुर), सचिवमा विन्द कुमार मण्डल (गोलबजार) उपसचिवद्वयमा दिनेश कुमार महतो (लहान) र इन्दलकुमार मण्डल (भगवानपुर) तथा कोषाध्यक्षमा लक्ष्मीकुमारी श्रेष्ठ (कर्जन्हा) सर्वसम्मत चयन भएका छन ।
त्यसैगरि सदस्यहरुमा अल्लाउदिन दफाली (सिरहा), पुनिता पासवान (लहान), रामदुलार महरा (नरहा) ललिता यादव (लहान), अनिता सिंह( लक्ष्मीपुर पतारी), राधाकुमारी देवी महतो (गोलबजार), बबिता यादव (सखुवानन्कारपट्टी) सकिला खातुन (नरहा), मिथिलेश देवी (बरियारपट्टी), शिला देवी राम (सखुवानन्कारपट्टी), शैल कुमारी कर्ण सिरहा), विणाकुमारी यादव (नरहा), अनिता देवी चौधरी (लहान), शोभा कुमारी यादव (नरहा), मनि कुमारी चौधरी (सुखीपुर), किरण कुमारी साह (कल्याणपुर), रेणुकुमारी यादव (औरही) चयन भएका छन ।
त्यस्तै संजना कुमारी यादव (कल्याणपुर), जानकीकुमारी यादव (भगवानपुर), पिंकी देवी ठाकुर औरही), शोभा कुमारी दास (नरहा) निर्विरोध निर्वाचित भएकी छन ।
त्यसै खुल्ला सदस्यहरुमा शिवशंकर महतो (अर्नामा), नन्दकिशोर यादव (लक्ष्मीपुर पतारी), रामअशिष राम (गोलबजार), प्रयाग लाल यादव (सखुवानन्कारपट्टी), महेश यादव (अर्नामा), नविन कुमार यादव (नवराजपुर), वंशीलाल यादव (नवराजपुर), विनोद कुमार कामती (सिरहा), जय कुमार यादव (विष्णुपुर), बजरंगबली यादव (विष्णुपुर), बद्रीनारायण यादव (भगवानपुर), योगेन्द्र प्रसाद यादव (लहान), राकेश कुमार यादव (सखुवानन्कारकट्टी) , राजदेव यादव (सखुवानन्कारकट्टी), गजेन्द्र यादव (सिरहा), उमेश साह (बरियापट्टी), राजेन्द्र यादव (बरियारपट्टी), शिवजी यादव (औरही), बलिराम यादव (लहान), सरोज यादव (सुखीपुर), पशुपति प्रसाद साह मिर्चैया), र मनोज कुमार यादव (सुखीपुर) निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै उमेश कुमार नायक (भगवानपुर), विष्णुप्रसाद यादव (मिर्चैया), प्रदिप कुमार महतो (कल्याणपुर), श्रीदेव यादव (औरही) अजय कुमार यादव मिर्चैया) तथा सम्पत लाल मण्डल (लक्ष्मिपुरपतारी) र अनिता कुमारी चौधरी अर्नामा जनजाति सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।




















