राजविराज - सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं ८ स्थित कञ्चनपुरमा एक पुरुषको शव मृत अवस्थामा फेला परेको छ । स्थानीय ४८ वर्षीय श्याम कुमार गुप्ता आफ्नै घरको खाटमुनि सुतेको अवस्थामा मृत भेटिएका हुन् ।
गुप्तालाई बिहान करिब १० बजेतिर उनकी छोरीले उठाउन खोज्दा शव फेला परेको स्थानीय विनोद कुमार शाहले जानकारी दिए । गुप्ताका तीन छोरी र एक छोरा छन् ।
घटनाबारे जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोली डिएसपी माधव प्रसाद काफ्लेको नेतृत्वमा घटनास्थलमा पुगेको थियो । शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यको कारण हालसम्म खुल्न सकेको छैन । विस्तृत विवरण भने अनुसन्धानपछि मात्र आउने बताइएको छ ।व्यक्ति मृत अवस्थामा फेला परेपछि घरका सदस्यहरू रुवाबासी गर्न थालेका थिए । घटनास्थलमा स्थानीयहरू जम्मा भएपछि प्रहरीले जानकारी प्राप्त गरेको एक स्थानीयले जानकारी दिए ।




















