बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

सर्लाहीमा किसानलाई ५३२ घार मौरी वितरण

बालासुन्दरी खबर बालासुन्दरी खबर वैशाख ९, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
सर्लाहीमा  किसानलाई ५३२ घार मौरी वितरण
Rampam
3D Education Lahan

सर्लाही। व्यावसायिक मौरीपालक किसानलाई मौरीको घारसहित आवश्यक सामग्री वितरण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच जिल्लाका २८ मौरीपालक व्यावसायिक किसानलाई मौरीको घार वितरण गरिएको हो ।

नेपाल मौरीपालक किसान महासङ्घ सर्लाहीको सहकार्यमा मौरीको घारसहित आवश्यक सामग्री वितरण गरिएको उपआयोजना कार्यान्वयन समितिका अध्यक्ष रवि कडरियाले बताए । उनका अनुसार मौरीपालक किसानको व्यावसायिक विकासका लागि ग्रामीण उद्यम तथा विकास आयोजना बर्दिवासको रिड परियोजनाले अनुदानमा विभिन्न सामग्री उपलब्ध गराएको हो ।

प्राप्त सामग्री औपचारिक कार्यक्रमकाबीच किसानलाई वितरण गरिएको महासङ्घका अध्यक्ष डम्बरदेव पाण्डेले बताए । उनका अनुसार जिल्लाको चुरे क्षेत्रअन्तर्गत लालबन्दी, ईश्वरपुर, हरिवन र बागमती नगरपालिकाका गरी २८ जना किसानलाई परियोजनाले समेटेको छ ।

छयालिस प्रतिशत अनुदानमा प्रतिकिसान १९ घार, १९ स्टैण्ड, १९ फिल्टर, एउटा टोपी, १९ किलो आधार चाका र एक जोडी पञ्जा वितरण गरिएको पाण्डेले जानकारी दिए ।

किसान हेमराज देवकोटाले २८ किसानका लागि सामूहिक आधार चाका निर्माणका लागि एक थान मेसिनसमेत प्राप्त भएको मौरीपालक बताए ।

किसानको वृत्तिविकासका लागि परियोजनाले पहिलो चरणमा पाँच सय ३२ वटा मौरीको घार वितरण गरेको अध्यक्ष पाण्डेले बताए । उक्त सामग्री हरिवन नगरपालिकाकी प्रमुख हरिमाया घलानले किसानलाई वितरण गरेका हुन् । यस कार्यक्रमले किसानको दिगो विकासमा टेवा पुर्याउने उनको भनाइ छ ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]