लहान - सिराहाको नवराजपुर गाउँपालिका - २ का पुर्व वडा अध्यक्ष खुशिलाल साह पक्राउ परेको छ।

सोमवार बिहान साहलाई उनकै निवासबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।ईलाका प्रहरी कार्यलय महेशपुर पतारीका अनुसार साहमाथि कृते जालसाजीको पुरानो मुद्दा रहेको र त्यससम्बन्धी अनुसन्धानको क्रममा विधि विज्ञान प्रयोगशालाबाट प्राप्त रिपोर्टमा जालसाजी पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।

प्रहरी स्रोतका अनुसार साहले सरकारी कागजातमा किर्ते गरेको आरोपमा उजुरी परेपछि अनुसन्धान थालिएको थियो। अनुसंधानको क्रममा प्राप्त प्रमाण र प्रयोगशालाको प्रतिवेदनका आधारमा साहमाथि लागेका आरोपहरू थप बलियो भएको र त्यसैका आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ । पक्राउ परेका पुर्व वडा अध्यक्ष साहको  विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सिराहाले जनाएको छ।