सप्तरी - हरवाचरवा सवाल सम्बोधनका लागी नगर स्तरिय हरवा चरवा अधिकार मंचद्धारा सप्तरीको सुरुङ्गा नगरपालिकाका नगर उप प्रमख रुद्र बहादुर कार्की लाई आइतबार ज्ञापन पत्र बुझाएको छ ।
स्थानिय तहबाट आगामी आर्थिक बर्षको बजेटमा हरवा चरवा लगत संकलन, हरवाचरवाका लागी शिप विकास, कृषि,पशुपालन र जिबिकोपार्जन सहयोगका लागी बजेट बिनियोजन गरियोस ,हरवाचरवाको पुनस्र्थापनाको लागि बिस्तृत कार्ययोजना र कार्यविधि स्थानिय निकाय बाट अविलम्व पारित गरी हरवाचरवालाई जमिन् र सुरक्षित बासस्थानको ब्यवस्था गरीयोस भनी ज्ञापन पत्र बुझाएको हो।
बाटो बिस्तारको नाममा, विकासको नाममा र अन्य कारणले भुमिहिन हरवाचरवाहरुको बस्ती बिस्थापन तत्काल रोकीयोस , भुमि समस्या समाधान आयोगको समन्वयमा भुमि वितरणमा हरवाचरवाहरुलाई प्राथमिकतामा राखीनाका साथै गरिब लक्षित र कृषि बिकासका क्रार्यक्रममा हरवाचरवा परिवारहरुलाई समेटियोस लगायतका अन्य माग सहित कुल २१ लाख बरावरको योजना समेत पेश गरीएको छ ।
सुरुगा नगर संयोजक शोभित लाल मोचीको नेतृत्वमा गएको डेलीकेशनमा जिल्ला अध्यक्ष देब लाल राम , कोषाध्यक्ष चन्देश्वरी सदा, हरवा चरवा जन संगठनका अगुवा, जन चेतना दलित संगमका कार्यकारी निर्देशक ईन्द्र राम, कार्यक्रम सुपरभाईर प्रेम विश्वकर्मा गरी कुल १६ जनाको सहभागीता रहेको थियो ।

















