बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

जनमतका कोषाध्यक्ष यादव किन पक्राउ परे?

बालासुन्दरी खबर बालासुन्दरी खबर वैशाख ८, २०८२ ४ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
जनमतका कोषाध्यक्ष यादव किन पक्राउ परे?
Rampam
3D Education Lahan

काठमाडौं । जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ परेका छन् । यादवलाई आइतबार दिउँसा ४ बजेतिर राजविराजबाट पक्राउ गरिएको हो ।

उनलाई पक्राउ गर्न ललितपुर जिल्ला प्रहरी कार्यालयबाट सप्तरी प्रहरीलाई केहीदिनअघि पत्राचार गरिएको थियो । ललितपुर जिल्ला प्रहरी कार्यालयमा यादवविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दर्ता छ । ललितपुर जिल्ला अदालतबाट केहीदिन अघि यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

ललितपुर प्रहरीको पत्राचारको आधारमा यादवलाई राजविराजबाट पक्राउ गरेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

‘ठगी तथा आपराधिक विश्वासघातको कसुरमा उहाँविरुद्ध ललितपुरबाट पक्राउ पुर्जी जारी भएको छ । पक्राउ गरी पठाइदिन पत्रचार भए अनुसार हामीले पक्राउ गरेका हौं । भोलि आवश्यक कारबाहीको लागि पठाउँछौं,’ डीएसपी बस्नेतले भने ।

उनलाई पक्राउ गर्नुको कारण एनआएनए (गैर आवासमीय मधेशी संघ) को रकमबाट बनेको काठमाडौं र जनकपुरको जनमतको घर विवाद । घर विवादको कारण यादवविरुद्ध जाहेरी जनमत पार्टीले नै दर्ता गराएको छ ।

काठमाडौंको इमाडोलमा रहेको घर पार्टीको नाममा दिन नमानेको, हरहिसाबमा अनियमितता गरेको दाबीसहित जनमतले ललितपुर प्रहरीमा ठगी तथा अपराधिक विश्वास घात कसुरमा जाहेरी दिएको थियो । जसमा जाहेरी जनमतका प्रवक्ता सदरसिंह यादव छन् भने प्रतिनिधि र प्रदेशसभासहित पाँचजना सांसद साक्षिको रुपमा छन् । प्रतिनिधिसभा सदस्यहरू अब्दुल खान, अनिता साह, सोनुमुर्मु, विनिता सिंह दनुवार र प्रदेश सांसद वसन्त कुशवाहा छन् ।

इमाडोलमा पार्टीले बनाएको घर कोषाध्यक्ष यादवका पत्नी ललिता देवी यादवको नाममा छ । ललिता यादव हाल मधेश सरकारको नीति तथा योजना आयोगमा सदस्य छिन् । काठमाडौंको घर पार्टीको नाममा दिन नमानेर आफ्नो श्रीमतीको नाममा गराएपछि पार्टीले यादवविरुद्ध ठगी तथा अपराधिक विश्वासघात जाहेरी दर्ता गराएको प्रवक्ता यादवले बताए।

‘पार्टीले बनाएको घर यादवले आफ्नी पत्नीको नाममा गराउनुभयो । बेइमानी गर्न खोजेपछि पार्टीले नै यो जाहेरी दर्ता गराएको हो । यसमा म आफै निवेदक र उनलाई रकम दिने पाँचजना सांसद साक्षीको रुपमा हुनुहुन्छ’ यादवले  भने ।

एक सचिवालय सदस्यका अनुसार इमाडोलमा रहेको घरमा जनमतका राष्ट्रिय अध्यक्ष डा. सिके राउत बस्दै आएका छन् । त्यस्तै पार्टीकै लेवीबाट जनकपुरको बल्वाटोलमा पनि घर बनेको छ । उक्त घर पनि कोषाध्यक्ष यादवका पत्नी ललिता देवी यादवको नाममा छ । जसमा पहिले जनमतका अध्यक्ष डा. राउत बस्ने गरेका थिए । प्रवक्ता यादवका अनुसार उक्त घर पनि कोषाध्यक्ष यादवले तीन महिना अघि खालि गराइदिएका छन् ।

‘डाक्टरसाब त्यो घर आफै बसेर बनाउनु भएको थियो । तर आफ्नो नामबाट श्रीमतीको नाममा यादवले गराउनुभयो । तीन महिनाअघि त्यो घर पनि खालि गराउनु भएको छ,’ प्रवक्ता यादवले भने ।

प्रवक्ता यादवका अनुसार काठमाडौं इमाडोलको घरमा कोषाध्यक्ष यादवले आफ्नो २४ लाख लगानी रहेको र व्याजसहित ४० लाख दावी गरेपछि पार्टीले तिरिसकेका छन् । तर पनि उनले सो घर पार्टीको नाममा गर्न नमानेको प्रवक्ता यादवको दावी छ ।

जनमतका एक सचिवालय सदस्यका सदस्यका अनुसार केही साताअघि उक्त घर अध्यक्ष डा.राउतले आफ्ना दाई जयकान्त राउतको नाममा नामसारी गरिदिन निर्देशन दिएका थिए । तर पार्टीको घर कुनै व्यक्तिको नाममा नामसारी नर्गे अडान लिएको कारण उनीमाथि ठगी अिभयोगमा जाहेरी दर्ता गराइएको ती नेताको दाबी छ ।

‘त्यो घर अध्यक्षजीले आफ्नो दाई जयकान्त राउतको नाममा नामसारी गर्न निर्देशन दिनुभयो । तर उहाँले म पार्टीको नाममा गर्छु, कुनै व्यक्तिको नाममा किन गर्छु भनेर अडान लिनुभयो । अनि अध्यक्षको निर्देहनमा यादवमाथि ठगी कसुरमा जाहेरी दिइएको हो,’ उनले भने ।

तर, प्रवक्ता यादवले सो कुरा आफूलाई थाहा नभएको दाबी गरे । ‘कतिपय इन्टर्नल कुरा मलाई थाहा हुँदैन । अब अदालतमा मुद्दा पुगेको छ । यथार्थ कुरा त्यही क्लियर भइहाल्छ,’ प्रवक्ता यादवको भनाइ छ ।

कोषाध्यक्ष यादव स्वतन्त्र मधेश गठबन्धनदेखि पार्टीमा थिए । कतारमा बस्दा उनी गैरआवासीय मधेशी संघका हर्ताकर्ता थिए । डा. राउत स्वतन्त्र मधेश गठबन्धन विघटन गरी मुलधारको राजनीतिमा आएर जनमत पार्टी खोलेपछि यादव कोषाध्यक्ष बनेका थिए ।

आर्थिक कारोबारको बागडोर सम्हालेपछि उनको अगुवाइमा काठमाडौंको इमाडोल र जनकपुरको बल्वाटोलमा घर बनेको थियो । पार्टी अध्यक्ष राउतको राम्रै विश्वास पात्र थिए यादव ।

एक नेताका अनुसार पहिलोपटक चुनावमा जनमत जाँदा प्रतिनिधिसभा सदस्यतिर समानुपातिक लिस्टको पहिलो नम्बरमा उनको नाम थियो । तर, उनलाई सांसद बनाइएन । त्यसपछि खटपट सुरु भएको थियो ।

२१ फागुन २०८१ मा उनलाई जनमतको केन्द्रीय अनुशासन समितिले निलम्बन गरेको थियो । विभिन्न विषयमा चारबुँदे स्पष्टीकरण माग्दै उनलाई अनुशासन समितिको तर्फबाट सदस्यसचिव अनिताकुमारी मण्डलले विज्ञप्ति जारी गर्दै निलम्बनको जानकारी गराएकी थिइन् ।

पार्टीको जानकारी र अनुमतिबिना गैरआवासीय मधेशी संघका विदेशमा बस्दै आएका ६० भन्दा बढी कार्यकर्ता, नेता तथा एरिया इन्चार्जबाट लगानी शेयर तथा लेबीका नाममा करोडौं उठाएर काठमाडौंको कोटेश्वरमा घर किनेको, त्यसमा प्रवासी होटल चलाउने गरेको, जनकपुरमा घर/स्कुल चलाउनेसहितका विभिन्न कारोबारहरू सञ्चालन गर्दै आएको तर सोको हरहिसाव वा लाभ उनीहरूलाई नबुझाउने, पैसा पनि फिर्ता नगरिदिने र सो विषयमा पार्टीमा पटक–पटक ठगी गरेको भनेर उजुरी परेपछि पटकपटक अनुरोध गर्दा पनि उनीहरूसँग हरहिसाब क्लियर नगरेको आरोप उनीमाथि छ ।

२०७९ मा सम्पन्न निर्वाचनपश्चात पार्टी फुटाउन विभिन्न व्यक्ति र समूहसँग गुटबन्दी गरेको, जिल्ला जिल्लामा तथा देश–विदेशमा कार्यकर्ताहरूलाई फोन गरी पार्टी फुटाउन प्रयास गर्दै आएको आरोप छ ।सभार -  अनलाइन खबर

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]