बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

महोत्तरीको पडौल स्थानमा श्रद्धालुमाथि आक्रमण, १२ जना गम्भिर घाईते

बालासुन्दरी खबर बालासुन्दरी खबर वैशाख ७, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
महोत्तरीको पडौल स्थानमा श्रद्धालुमाथि आक्रमण, १२ जना गम्भिर घाईते
Rampam
3D Education Lahan

जनकपुरधाम ।  महोत्तरीको बलवा नगरपालिकास्थित पडौल स्थानमा मदिरा सेवन गरेका एक समूहको आक्रमणबाट प्रसाद खान पुगेका करिब एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

जिल्लाको बलवा नगरपालिकास्थित पडौल स्थानमा प्रसाद खान गएका व्यक्तिहरूमाथि मदिरा सेवन गरेका एक समूहले आक्रमण गरेको घटनामा करिब १२ जना गम्भीर घाइते भएका छन् ।

सो आक्रमणकारीहरूले खुकुरी, रड र छुराको प्रयोग गरी निर्दोष व्यक्तिहरूलाई चपेटामा पारेका थिए । सो घटनामा गम्भीर घाइते भएका व्यक्तिहरूमा हुकुम देव साह, मिना देवी, ललित मण्डल, रवि साह, सिकेन्द्र झा, विशुन देव साह, रिना देवी, रानी साह, तिलक साह, ऋषि राज साह, चन्द्रकला देवी साह, र धिरज साहलगायतका रहेका छन् ।

घाइतेहरूको उपचार हाल जनकपुरधामस्थित प्रदेशिक अस्पतालमा भइरहेको जनाइएको छ । केही व्यक्तिको अवस्था गम्भीर रहेको छ भने हुकुम देव साह र मिना देवीलाई खुकुरी र रडको प्रहारबाट गम्भीर चोट लागेको छ । 

स्रोतले जनाए अनुसार घटनामा संलग्न चार व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरूलाई बलवा प्रहरी चौकीमा राखिएको छ । स्थानीय प्रशासनले थप अनुसन्धान गरिरहेको छ । घाइतेमध्ये केही व्यक्तिहरूलाई काठमाण्डु रेफर गर्ने तयारी भइरहेको छ। 

स्थानीय प्रशासनले घटनामा संलग्न व्यक्तिहरूसँग कडाईका साथ अनुसन्धान गर्न थालिसकेको छ । तर केही स्थानीय नेताहरूले पक्राउ गरिएका व्यक्तिहरूलाई तत्काल रिहा गर्न दबाब दिइरहेका छन् । केही नेताहरूले घटनामा संलग्न चार जनालाई छोडनका लागि दबाब दिन थालेका छन् ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]