सिरहा- सिरहाको मिर्चैयामा खुला नालामा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

खुला नालामा जमेको पानीमा डुबेर मिर्चैया नगरपालिका–५का किसुन साफीको ५ वर्षिया छोरी आसिका साफीको मृत्यु भएको हो ।शनिबार बिहान घर छेउकै नालामका मृत बालिकाको शव देखेपछि स्थानीयले खबर गरेका थिए ।

मिर्चैया नगर पालिका अधुरो नालाले धेरैको ज्यान लिएको गुनासो स्थानीयले व्यक्त गरेका छन् ।गाउँ गाउँमा बिकास भयो नाला बन्यो तर नालालाई छोपने काम धेरै जसो ठाउमा नभएकाले कयोको ज्यान गईसकेको उनीहरुले बताए ।