काठमाडौं । घरेलु टोली नेपाल आईसीसी यू-१९ विश्वकपमा छनोट हुन असफल भएको छ । शुक्रबार अफगानिस्तानविरुद्धको विश्वकप एसिया छनोटको निर्णायक खेल वर्षाका कारण स्थगित भएपछि नेपाल नेटरनरेटका आधारमा दोस्रोमा रहँदै बाहिरिएको हो ।

यता अफगानिस्तान नेट रनरेटमा शीर्षमा रहँदै आगामी वर्ष जिम्बाबे र नामिबियामा हुने आईसीसी यू-१९ क्रिकेट विश्वकपमा छनोट भएको छ ।