विश्वकपमा छनोट हुन सकेन नेपाल
काठमाडौं । घरेलु टोली नेपाल आईसीसी यू-१९ विश्वकपमा छनोट हुन असफल भएको छ । शुक्रबार अफगानिस्तानविरुद्धको विश्वकप एसिया छनोटको निर्णायक खेल वर्षाका कारण स्थगित भएपछि नेपाल नेटरनरेटका आधारमा दोस्रोमा रहँदै बाहिरिएको हो ।
यता अफगानिस्तान नेट रनरेटमा शीर्षमा रहँदै आगामी वर्ष जिम्बाबे र नामिबियामा हुने आईसीसी यू-१९ क्रिकेट विश्वकपमा छनोट भएको छ ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्