सप्तरी  - सरकार र नागरिक समाजका सम्भावीत सरोकारवालाहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

 शुक्रबार जिल्लाको सुरुङ्गा  नगरपालिका - ४ कनकपुर स्थित जन चेतना दलित संगमको सभाहलमा द फ्रिडम फण्डको सहयोगमा संचालित हरवा चरवा ससक्तिकरण कार्यक्रम अन्तर्गत सरकार र नागरिक समाजका सम्भावीत सरोकारवालाहरु विच एक दिने अन्तकृया बैठक सम्पन्न भएको हो।

हरवा चरवाको पुर्नस्थापनाको लागी स्थानिय सरकार र नागरिक समाजका संभावीत सरोकारवालाहरुको ध्यानार्कषण गराउनु पर्ने सरकार द्धारा वितरण गरीने सेवासुविधा बारे छलफल गर्न , हरवा चरवाको पक्षमा  वजेट बिनियोजन गराउन , ज्याला अभिवृद्धि, उठीबासका मुद्धाहरु बारेमा छलफल संगै विधालय भर्ना अभियान , व्यक्तिगत घटना दर्ता सप्ताह लगायत अन्य राष्ट्रिय अभीयानमा सहयोग गर्ने उदेश्यले अन्तकृया बैठकको आयोजना गरीएको जन चेतना दलित संगमका कार्यकारी निर्देशक ईन्द्र रामले जानकारी गराउनु भयो ।

भुमि आयोगबाट भुमिहिन दलित, भुमिहिन सुकुम्बासी लगायत अव्यवस्थित बसोबासीहरुको जग्गा धनीपुर्जा वितरण तथा जग्गा नापजाँचका लागी स्थानिय तहहरुमा अमिन पठाए पनि स्थानिय तहहरुले सहयोग नगरेको पाइयो । भुमिहिन दलितको पक्षमा स्थानिय तहहरु वाट जुन सहयोगको अपेक्षा गरेका थियौ त्यो नदेखीएको सुकुम्बासी समस्या समाधान आयोग सप्तरीका जिल्ला अध्यक्ष अखलेश झाले बताउनु भयो । 

कार्यक्रममा बोल्दै सुरुङ्गा नगरपालिकाका उपप्रमुख रुद्र बहादुर कार्कीले हरवा चरवाको पक्षमा वर्षेनी वजेट विनीयोजन गरी सहयोग गरीदै आएका छौ । भुमि आयोग बाट अमिन आई सके पनि हाल सम्म केही प्राबिधिक कारणले गर्दा जग्गाको नापजाँचको काम अगाडी बढन सकेका छैन अव केही दिनै भुमिहिन दलित, भुमिहिन सुकुमबासीहरुको जग्गा नापचाजका प्रकृया अगाडी बढाउने बबताउनु भयो।

पुर्व भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री तथा प्रदेश सभा सदस्य गोविन्द बहादुर न्यौपानेले मन्त्रालयबाट हरवा चरवाको पहिचान र परिचय पत्र वितरणको लागी कार्यविधि बनाएर प्रदेश सरकारमा पठाएको सरकार फेरबदलको कारण हाल सम्म कार्यविधि अन्यौलमा रहेको बताउनु भयो । मेरोपालोमा हरवा चरवाको आयआर्जनको लागी बजेट बिनियोजन गरी कृषि ज्ञान केन्द्र र पशु कार्यालय मार्फत मधेश प्रदेशका ८ वटै जिल्लाहरुमा बजेट पठाउन सुरुवाट गरेको वताउनु भयो । 

जन चेतना दलित संगमका अध्यक्ष राम लखन रामको अध्यक्षता तथा प्रदेश सभासदस्य गोविन्द बहादुर न्यौपानेको प्रमुख अतिथित्वमा सप्पन्न कार्यक्रममा विश्ष्ठि अतिथिहरुमा रुद्र बहादुर कार्की उप प्रमुख , मो. नसिम राईन नि. प्रमुख प्रशाकिय अधिकृत बलान बिहुल गा.पा., अखलेश झा जिल्ला अध्यक्ष भुमि समस्या समाधन आयोग सप्तरी, छत्र बहादुर राउत वडा अध्यक्ष सु.न.पा. वडा नं.१ , हिरा चौधरी कार्यपालिका सदस्य , सुनिता दास कार्यपालिका सदस्य , मानो देबी सदा वडा सदस्य , हरीनन्द राम अधिकृत सुरुङ्गा न.पा., धिरज कुमार झा वडा प्रतिनिधी बलानबिहुल ३ , देब लाल राम जिल्ला अध्यक्ष हरवा चरवा अधिकार मंच सप्तरी , असर्फि सदा पुर्वा सासंद तथा दलित अगुवा , रेणु कुमारी चौधरी स्वास्थ्य शाखा प्रतिनिधी जामुन राम नगर स्तरिय हरवा चरवा संजाल अगनीसार कृष्णसवरण गा.पा. , जन चेतना दलित संगमका कार्य समितिका पद्धाधिकारी कर्मचारी गरी कुल ३० जनाको सहभागीता रहेको थियो । 

संस्थाका सचिव हरी प्रसाद रामले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई प्रेम विश्वकर्माले गर्नु संचालन गर्नु भएको थियो ।