विनोद मण्डल,
सिराहा - सिराहा र उदयपुर जोड्नका लागि सडक निर्माणको सिल्यानास कार्यक्रम सम्पन्न भएको छ ।उदयपुर जिल्लाको कटारी ५ र सिराहा जिल्लाको धनगढीमाई १४ को सिमाना एकापसमा जोड्नका लागि उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं २ का संघिय सांसद अम्बर बहादुर रायमाझीले एक औपचारिक कार्यक्रमका बीच सडकको सिल्यान्यास गर्नु भएको हो । सांसद रायमाझीले कटारी नगरपालिका वडा नं ५ को स्थानिय मिलन चोक भोर्लेबाट सिराहा जिल्लाको धनगढीमाई १४ जोड्नका लागि पूर्वत सडकलाई कालो पत्रे गर्नका मिति २०८१/१२/२४ गते एक औपचारिक कार्यक्रमका कार्यक्रमका बीच सिल्यान्यास गर्नु भएको थियो । आयोजित कार्यक्रममा कटारी नगरपालिका वडा नं ५ का वडाध्यक्ष मोहन तामाङ,स्थानिय समाजसेवी तथा बुद्धिजीवीहरू, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु ,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु युवा समाजसेवीहरु मधु सुवेदी,भुवन गिरी लगायत कटारी नगरपालिकाकी उपमेयर गीता खड्का लगायतको उपस्थिति रहेको थियो । सङ्घीय सांसदको पहलमा करिब एक करोड एकहत्तर लाख बजेटमा निर्माण हुन लागेको सडकको विस्तारले दुई जिल्लाको व्यापार व्यवसायमा बढोत्तरी हुनका साथै यस भेकको पर्यटन क्षेत्रमा सुधारको रूपरेखा बोकेको यस सडकको निर्माणपछि पूर्व पछिम राजमार्गसँग उदयपुर जिल्लालाई समीप गराउने यस सडकको निर्माणको खवरले स्थानिय जनता खुशी भएका छन । एककै दिन सांसद रायमाझीले कटारी वार्ड ५ को श्री सरस्वती मा बि भोर्लेमा विद्यालय भवनको लागि वाहाकै बिशेष पहलमा ५० लाख विनियोजित रकम बाट भवनको सिल्यान्यास् गरिएको थियो ।

















