काठमाडौं । घरेलु टोली नेपालले आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा लगातार तेस्रो जित दर्ता गरेको छ । आज तल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले स्तब्ध पारेको हो ।

हङकङले दिएको ११५ रनको लक्ष्य नेपालले १२.३ ओभरमा मात्र एक विकेटको क्षति पूरा गरेको हो ।

अब नेपालले निर्णायक खेल अफगानिस्तानविरुद्ध खेल्नुपर्नेछ ।