सिरहा : प्रत्येक नयाँ वर्षको दिन सिरहाको लहान नगरपालिका १२ र २२ को सिमानामा पर्ने सलहेश फूलबारीमा लाग्ने मेला आज मेला लागेको छ। नयाँ वर्षका दिन मात्र फुल्ने सुनाखरी फूल हेर्न र मन्दिरमा पूजापाठ गर्न  फूलबारीमा बिहानैदेखि श्रद्धालुको भीड लागेको हो। 

हरेक वर्ष नेपाल तथा भारतबाट लाखौँ श्रद्धालु मेलामा आउने र आज पनि उल्लेख्य सङ्ख्यामा आएका छन् । भक्तजनको भीड व्यवस्थित गर्न ठूलो संख्यामा स्वयंसेवक र प्रहरी परिचालन गरिएको छ । 

सहलेश मन्दिरका पुजारी जीतेन्द्र धामीले १४ औँ शताब्दीका राजा सलहेसको सौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाहरुको सम्झनास्वरुप यहाँ प्रत्येक वर्ष वैशाख १ गते मेला आयोजना हुने गरेको जानकारी दिए। सरकारले सहलेसलाई धार्मिक पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरिसकेको छ। 

491722122_1223993409289692_7674571398930472166_n