बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

हरवा चरवाको आयआर्जनका लगि कृषि तथा बजारीकरण तालिम सुरु

बालासुन्दरी खबर बालासुन्दरी खबर चैत २८, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
हरवा चरवाको आयआर्जनका लगि कृषि तथा बजारीकरण तालिम सुरु
Rampam
3D Education Lahan

 सप्तरी - हरवा चरवाको आयआर्जनका लगि कृषि तथा बजारीकरण तालिम सुरु भएको छ।

सप्तरीको सुरुङ्गा नगरपालिका -  ४ कनकपुर, सप्तरी मिति चैत्र २७ र २८ गतेका दिन द फ्रिडम फण्डको सहयोग जन चेतना दलित संगमको आयोजनामा २ दिने तालिम शुरुवात भएको छ । हरवा चरवाहरुले गरीदै आएको परम्परागत कृषिखेती लाई आधुनिक तरीकाले कृषि तथा तरकारी उत्पादन बारे जानकारी गराउने, मौसमी बेमौसमी तरकारी बालीको उत्पादनको विधि प्रकृया, कृषि उत्पादनमा मल खाध तथा किटनाशक औषधीको प्रयोग गर्ने तरीका ,कृषि उत्पादीत बस्तुहरु वेचबिखन गर्न बजारीकरण सम्बन्धी क्षमता विकासगर्ने उदेश्यले तालिमको आयोजना गरीएको जन चेतना दलित संगमका कार्यक्रम संयोजक स्मृति निरौलाले बताउनु भयो ।

तालिमको पहिलो दिन सहभागीमुलक बिधि द्धारा व्यानर वाचन गरेर कार्यक्रमको उद्धघाटन गरी तालिम संचालन गरीएको थियो । जन चेतना दलित संगम २३ वर्ष देखी दलित, भुमिहिन, हरवा चरवाको हक, हित र अधिकारको सवालमा काम गरीदै आएको छ ।


द फ्रिडम फण्डको आर्थिक सहयोगमा सप्तरी जिल्लाको सुरुङ्गा, खडक, सप्तकोशी न.पा., बलानबिहुल र अगनीसार कृष्णसवरण गा.पा.मा हरवाचरवा सशतिmकरण कार्यक्रम संचालन हुदैआएका छन । दलित बालबालिकाहरुको गुणस्तरिय शिक्षाको लागी १० वटा टयुशन कक्षा संचालन गरीदै आएका छन । ३ सय जना बालबालिकाहरुलाई छात्रबृति सहयोग गरीएकोे छ । यस वर्ष ४० जना विप्पन द्धारा परिबारलाई जिविकोपार्जन तथा आयआर्जन व्यवसाय संचालनको निम्ती प्रति ब्यातिm रु.१० हजारका दरले अनुदान सहयोग उपलब्ध गराएका छन । 


यो तालिमबाट अनुदान प्राप्त गर्ने लाभग्राहीहरु लाई कृषि तथा गैर बन्द व्यपार संचालनमा सहयोग पुग्ने कार्यकारी निर्देशक रामले जानकारी गराउनु भयो ।


जन चेतना दलित संगमका उपाध्यक्ष सोमिन्त्रा देबी रामको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो । तालिममा २० वटा हरवाचरवा जन संगठन महिला बचत समुहका विभिन्न आयआर्जन तथा वन्दव्यपारमा संल्गन सदस्य गरी कुल ४५ जनाको सहभागीता रहेको थियो । अगनीसार कृष्ण सवरण गा.पा.पुर्व कृषि अधिकृत अगनीदेब चौधरीले तालिमको सहजीकरण गर्नुभएको थियो ।


Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]