सप्तरी - हरवा चरवाको आयआर्जनका लगि कृषि तथा बजारीकरण तालिम सुरु भएको छ।

सप्तरीको सुरुङ्गा नगरपालिका -  ४ कनकपुर, सप्तरी मिति चैत्र २७ र २८ गतेका दिन द फ्रिडम फण्डको सहयोग जन चेतना दलित संगमको आयोजनामा २ दिने तालिम शुरुवात भएको छ । हरवा चरवाहरुले गरीदै आएको परम्परागत कृषिखेती लाई आधुनिक तरीकाले कृषि तथा तरकारी उत्पादन बारे जानकारी गराउने, मौसमी बेमौसमी तरकारी बालीको उत्पादनको विधि प्रकृया, कृषि उत्पादनमा मल खाध तथा किटनाशक औषधीको प्रयोग गर्ने तरीका ,कृषि उत्पादीत बस्तुहरु वेचबिखन गर्न बजारीकरण सम्बन्धी क्षमता विकासगर्ने उदेश्यले तालिमको आयोजना गरीएको जन चेतना दलित संगमका कार्यक्रम संयोजक स्मृति निरौलाले बताउनु भयो ।

तालिमको पहिलो दिन सहभागीमुलक बिधि द्धारा व्यानर वाचन गरेर कार्यक्रमको उद्धघाटन गरी तालिम संचालन गरीएको थियो । जन चेतना दलित संगम २३ वर्ष देखी दलित, भुमिहिन, हरवा चरवाको हक, हित र अधिकारको सवालमा काम गरीदै आएको छ ।


द फ्रिडम फण्डको आर्थिक सहयोगमा सप्तरी जिल्लाको सुरुङ्गा, खडक, सप्तकोशी न.पा., बलानबिहुल र अगनीसार कृष्णसवरण गा.पा.मा हरवाचरवा सशतिmकरण कार्यक्रम संचालन हुदैआएका छन । दलित बालबालिकाहरुको गुणस्तरिय शिक्षाको लागी १० वटा टयुशन कक्षा संचालन गरीदै आएका छन । ३ सय जना बालबालिकाहरुलाई छात्रबृति सहयोग गरीएकोे छ । यस वर्ष ४० जना विप्पन द्धारा परिबारलाई जिविकोपार्जन तथा आयआर्जन व्यवसाय संचालनको निम्ती प्रति ब्यातिm रु.१० हजारका दरले अनुदान सहयोग उपलब्ध गराएका छन । 


यो तालिमबाट अनुदान प्राप्त गर्ने लाभग्राहीहरु लाई कृषि तथा गैर बन्द व्यपार संचालनमा सहयोग पुग्ने कार्यकारी निर्देशक रामले जानकारी गराउनु भयो ।


जन चेतना दलित संगमका उपाध्यक्ष सोमिन्त्रा देबी रामको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो । तालिममा २० वटा हरवाचरवा जन संगठन महिला बचत समुहका विभिन्न आयआर्जन तथा वन्दव्यपारमा संल्गन सदस्य गरी कुल ४५ जनाको सहभागीता रहेको थियो । अगनीसार कृष्ण सवरण गा.पा.पुर्व कृषि अधिकृत अगनीदेब चौधरीले तालिमको सहजीकरण गर्नुभएको थियो ।