धनुषा - रामनवमीको उपल्क्षय २६ वर्षिय भण्डारा तथा साधु सत्यसङ्ग भजन किर्तन भव्य रुपमा सप्पन्न गरेको छ।
धनुषाको सबैला नगरपालिका - ३ स्थित श्री सदगुरु कबिर स्थान जगह सबैला निजि आश्रम निवासको २६ वर्षिय रामनवमीको शुभ उपल्क्षयमा सगगुरु कविर आश्रम सबैला-३ को समान्वय सहयोगमा मिती गत आईवारको एक दिने साधु सत्यसंग ,भजन,भाण्डारा गराउनु भएको थियो।उक्त कार्यक्रममा सहभागीअथितीहरुलाई भोजन गराई दान दक्षिणा सहित बिदाई गरेको थियो।
नव वर्ष २०८२ साल को शुभ उपल्क्षयमा देश तथा विदेशमा बस्नु हुने सम्पुर्ण साधु, संत,महन्थ बद्धिजिवी,समाजसेवीहरुमा शुख ,शान्ती, समृद्धिको एवम उत्तरोत्तर प्रगतीको कामना सहित सबैमा हार्दिक शुभकामना व्यकत गरेका थिए।
सदगुरु कबीर स्थान, जगह सबैलाको स्थापना स्वर्गिय छेदी दास (साहेब) ले गर्नु भएको थियो। स्व. दासले सदगुरु कबिर साहेबको बिचार, उपदेश ,वानी ,वचन ,भजन ,प्रचार र साधु ,संत समाज लाई सम्मेलन गरी धार्मिक काम जस्तै सप्ताहिक,मासिक ,वार्सिक,२५ बर्ष देखी रामनवमी,२४ बर्ष देखी कबीर जयन्ती लगाएर संघ ,संस्था ,र साधु संत समाजलाई बोलाएर २ दिने आधात्यमि गायन .सत्यसंग समेलन, भण्डारा गर्दै आईरहेको थिए।
श्री सगगुरु कबीर स्थान ,जगह सबैला निजी आश्रम निवासको अहिले कामकाज माई साहेब (मानो दासिन)गर्दै आई रहेकी छन।श्रीसदगगुरु कबीर स्थान,जगह सबैला निजी आश्रम निबासको अन्तर्राष्ट्रिय स्तरमा समाजिक ,धर्मिक कार्यहरुमा निरन्तर काम गर्दै आई रहेको छ।साथै देश वा बिदेशमा बस्नु भएका साधु, संन्त ,समाजहरुलाई दु:ख आपत, विपतमा, सल्लाह सुझाब दिदै समाजिक र धार्मिक कार्यहरुमा सहयोग समेत गर्दै आईरहेको छ।
यसको संचालक उतराधिकारी महात्मा शिब कुमार दास (साहेब) अन्तर्राष्ट्रिय स्तरमा समाजिक र धार्मिक क्षेत्रमा मानव जिवनको कल्याणको लागी उपकार जिव माथिको दया साथै विभिन्न समाजिक कार्यमा साथ सहयोग गर्दै आई रहेको छन।
यस कार्यक्रममा दान गरिएका दाताहरुको नामावली यस प्रकारको रहेका छन।
(१) माहात्यमा शिब कुमार दास साहेब
(२) श्री राम नरायन साह साहेब
(३) श्री दामोदर मुखिया
(४) श्री डोमा राई कुर्मी
(५) श्री ईन्द्र कुमार पासमान
(६) श्री बच्चु राउत गरेरी

















