बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

भाइरल जादुगर शिक्षक, जो आन्दोलनमा उत्साह भरिरहेका छन्

बालासुन्दरी खबर बालासुन्दरी खबर चैत २७, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
भाइरल जादुगर शिक्षक, जो आन्दोलनमा उत्साह भरिरहेका छन्
Rampam
3D Education Lahan

काठमाडौं । शिक्षक आन्दोलनको भिड कहिले नयाँ बानेश्वरदेखि माइतिघर त कहिले माइतिघरदेखि नयाँ बानेश्वर ओहोरदोहोर गरिरहन्छ । त्यही भिडमा छन् शिक्षक देवेन्द्र प्रसाद साह कानु । जो भाइरल जादुगर शिक्षकको रुपमा परिचित छन् । आन्दोलनको भिडमा उनी केन्द्रमा रहेका छन् । शिक्षकहरुको झुण्डले उनलाई नै घेरेको देखिन्छ ।

साह आन्दोलनमा सहभागी शिक्षकहरुलाई जादूमाार्फत एकीकृत गर्न व्यस्त देखिन्छन् । आन्दोलन सुरु भएको आज ८ दिन भैसकेको छ । जब उनी जादू देखाउँछन्, थकित शिक्षकहरुमा जोश स्वतः भरिएर आउँछ । जब कोही व्यक्ति उनलाई देख्छ जसले पनि सजिलै अन्दाज लगाउन सक्छ कि उनी क्रिएटिभ पर्शनालिटी भएका व्यक्ति हुन् । सुरुवाती दिनदेखि नै शिक्षक देवेन्द्रको टाउकोमा तिन तला कागजको टोपी छ । जसमा लेखिएको छ, ‘शिक्षक एकता जिन्दावाद, हाम्रो माग पूरा होस्, नयाँ शिक्षा ऐन जारी होस्’ जस्ता नारा लेखिएको छ ।उनी भन्छन्, ‘तीन तलाको पेपर टोपीको संकेत तीन तहको सरकार हो ।

साह आन्दोलनमा सहभागी शिक्षकहरुको नजरमा मात्र परेका छैनन् । आन्दोलनको रिपोर्टिङ गर्न गएका मिडियादेखि बाटोमा हिँड्ने मानिसहरुले समेत उनको तारिफ गर्छन् । शिक्षकहरु कक्षाकोठामा विद्यार्थीलाई सिकाउँदा पनि अनेक क्रिएटिभ मेथोड अपनाउने गर्छन् ।

त्यस्तै, साहले आन्दोलनलाई रचनात्मक बनाउन जादू देखाउने कला प्रस्तुत गरिरहेका छन् । उनी भन्छन्, ‘आन्दोलनलाई रचनात्मक बनाउनका लागि जादू देखाएको हुँ । कतिले भन्छन् जादू देखाउन आएको कि आन्दोलन गर्न आएको ? म आन्दोलन गर्न नै आएको हुँ ।’

जादू मनोरञ्जनका लागि मात्र नभई शिक्षण विधि पनि भएको उनी मान्यता राख्छन् । साह अलि सजग हुन्छन् र भन्छन्- ‘सिकाईमा सधैं जादू विधि प्रयोग गर्न सम्भव हुँदैन । अवस्था अनुसार जादूलाई कसरी प्रयोग गर्ने भन्ने हुन्छ ।’ श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यापन गराउने शिक्षक साह २ हजार भन्दा बढी थरीका जादू देखाउन आउने बताउँछन् ।कक्षा ८ मा हुँदा ६ थरीको जादू गुरुबाट सिकेको र अन्य जादू आफैं सिकेको साह बताउँछन् ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]