बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

कमला पुलबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन स्थानीय युवाहरूले गरे कालो झन्डा प्रदर्शन

बालासुन्दरी खबर बालासुन्दरी खबर चैत २६, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
कमला पुलबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन स्थानीय युवाहरूले गरे कालो झन्डा प्रदर्शन
Rampam
3D Education Lahan

सिरहा  - पूर्व–पश्चिम हुलाकी सडक खण्डमा अलपत्र अवस्थामा रहेको कमला पुलको अवस्थाबारे प्रधानमन्त्री केपी ओलीलाई ध्यानाकर्षण गराउन सिराहा नगरपालिका– ६ बसबिट्टाका जनप्रतिनिधि र स्थानीय युवाहरूले कालो झन्डा प्रदर्शन गरेका छन्।

सिराहा– ६ का वडाध्यक्ष इन्द्रजित यादवको नेतृत्वमा स्थानीय युवाले कमला पुल पुनर्निर्माणको माग गर्दै मंगलबार दिउँसो कालो झन्डा प्रदर्शन गरेका हुन्। यादवले सत्तारूढ दल नेकपा एमालेका अध्यक्षसमेत रहेका  प्रधानमन्त्री ओलीले करिब ६ वर्षअघि गरेको प्रतिबद्धता स्मरण गराउँदै पुनर्निर्माणको काम छिटो सिध्याउन कालो झन्डा प्रदर्शन गरेको बताए।

‘हेलिकाेप्टर चढेर सिराहा आउने प्रधानमन्त्री ओलीले कालो झँडा त देख्दैनन्, तर उनका पार्टीका नेता–कार्यकर्ता कार्यक्रममा सहभागी हुन जाने भएकाले सांकेतिक विरोधस्वरूप दबाबका लागि कालो झन्डा देखाइएको हो,’ सिराहा– ६ बसबिट्टाका वडाध्यक्ष इन्द्रजित यादवले भने। प्रधानमन्त्री ओली मंगलबार दिउँसो एमालेको ११औँ जिल्ला अधिवेशन उद्घाटन गर्न सिारहा आएका छन्। 

गत फागुनको तेस्रो हप्ता तराई–मधेश जागरण अभियान हुलाकी सडक हुँदै धनुषा प्रवेश गर्ने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि स्थानीय युवाहरूले कमला पुल मन्त्री, सांसद र नेताहरूको भाषण गर्ने विषय मात्र बनेको गुनासो गरेका थिए। सत्ताबाहिर रहुन्जेल जोडतोडले कुरा गर्ने, तर सत्तामा पुगेपछि बिर्सिने नेताहरूको रवैयाले स्थानीय जनताले सास्ती भोगिरहेको गुनासो गर्दै उनीहरूले कमला पुलको पुनर्निर्माण सुस्त हुँदा स्थानीय नागरिकले सास्ती झेल्नुपरेको दुःखेसो गरेका थिए।

सिराहाको चन्द्र (प्राविधिक) माविमा १९ माघ ०७५ मा आयोजित सहिद हेमनारायण यादवको स्मृतिलाई सम्बोधन गर्दै तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीले २ वैशाख ०७७ भित्र नै पुलको काम सम्पन्न हुने दाबी गर्दै भनेका थिए, ‘पुलसँगै हुलाकी सडक पनि युद्धस्तरमा बनाइनेछ, मुलुकको कार्यकारी प्रमुख र विभागीय मन्त्रीले कबाेल गरेपछि पुल र सडकका लागि भोको पेटमा अब अनशन बस्नुपर्दैन।सभार- नयाँ पत्रीका

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]