बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

लुम्बिनीमा फोनिजको ८औं महाधिवेशनको तयारी हुँदै, देशभरबाट ५१७ प्रतिनिधि सहभागि हुने

बालासुन्दरी खबर बालासुन्दरी खबर चैत २६, २०८१ ३ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
लुम्बिनीमा फोनिजको ८औं महाधिवेशनको तयारी हुँदै, देशभरबाट ५१७ प्रतिनिधि सहभागि हुने
Rampam
3D Education Lahan

बुटवल । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को ८औं संघीय महाधिवेशन चैत २९ र ३० गते लुम्बिनीस्थित बौद्ध विश्व विद्यालयमा हुने भएको छ । फोनिजले सोमबार बुटवलमा पत्रकार भेटघाट गर्दै धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले विशेष मानिएको गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा महाधिवेशन आयोजना हुन लागेको जनाएको हो । पत्रकारसंग कुरा गर्दै फोनिजका संघीय उपाध्यक्ष सरु रानाले महाधिवेशनको तयारी पूरा भएको जानकारी दिइन् । "गौतम बुद्धको जन्मस्थलमा आठौँ महाधिवेशनको तयारी पूरा भएको छ ।" उनले भनिन्, "मोफसलका सम्पूर्ण पत्रकार सम्बद्ध संघसंस्था र  संचार माध्ययमहरुको सहयोगमा महाधिवेशन सफलतापुर्वक सम्पन्न हुने विश्वास फोनिजले लिएको छ।"    त्यसैगरी संस्थाका महासचिव समीर बलामीले देशका ६६ वटा जिल्ला र आठ वटा विशेष क्षेत्रबाट महाधिवेशनमा प्रतिनिधि सहभागी हुने बताए । उनले भने, "महाधिवेशनमा देशका ६६ जिल्ला समितिहरू, सातवटा प्रदेश समितिहरू, एशोसिएट समिति, प्रतिष्ठान तथा प्रवास शाखा र जातीय संस्थाहरूबाट प्रतिनिधित्व हुनेछ। फोनिजमा आवद्ध ८ जातीय पत्रकार संघहरूमार्फत समेत प्रतिनिधि चयन गरिएको छ। ती संस्थाहरूमा नेवा पत्रकार राष्ट्रिय दबु, तमु गुरुङ सञ्चारकर्मी संघ, नेपाल तामाङ पत्रकार संघ, नेपाल मगर पत्रकार संघ, लिम्बु पत्रकार संघ, किराँत राई पत्रकार संघ, थारु पत्रकार संघ र शेर्पा सञ्चार समूह रहेका छन्।" ५ हजार सदस्यहरू रहेको फोनिजका शाखा समिति र जातीय संस्थाहरूबाट कूल ५०२ जना प्रतिनिधिहरू चयन भएका छन् भने मनोनितसहित ५१७ जनाको उपस्थिति रहनेछ। संघीय अध्यक्ष गजुरधन राई संयोजक रहने गरी ५७ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरिएको छ। उक्त समितिमा संघीय समितिका सबै ५३ जना पदाधिकारीसहित लुम्बिनी प्रदेश र रुपन्देही जिल्लाका प्रतिनिधि समेत छन्। महाधिवेशनको तयारीका लागि संघीयस्तरमा ९ वटा उपसमिति तथा स्थानीयस्तरमा ५ उपसमिति गठन गरी व्यवस्थापनलाई अन्तिम चरणमा पुर्‍याइएको पत्रकार भेटघाटमा वितरित महासचिव समीर बलामीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। महाधिवेशनको सचिवालय कार्यालय बौद्ध विश्वविद्यालयको मुख्य गेटमै स्थापना गरिएको छ। उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङ प्रमुख अतिथिका रूपमा रहनेछन्। त्यसैगरी, २९ गते साँझ सुरु हुने बन्द सत्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। महाधिवेशनमा फोनिजको सांगठनिक जीवनको समिक्षा गर्दै आगामी तीन वर्षको लागि रणनीति, कार्यक्रम र नीतिगत मार्गचित्र तय गरिने बताइएको छ। त्यसक्रममा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, ६ सचिव, एक कोषाध्यक्ष र एक सह-कोषाध्यक्षसहित ४७ जना नयाँ नेतृत्व चयन गरिनेछ। फोनिजले आदिवासी जनजातिको हक अधिकार, पहिचान र समावेशी पत्रकारिताको पैरवी गर्दै आएको छ। पछिल्ला वर्षहरूमा श्रमजीवी पत्रकारहरूको हित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, मिडिया हाउसहरूमा समावेशीता लागू गराउने विषयमा समेत अभियान सञ्चालन गर्दै आएको उल्लेख गरिएको छ। महाधिवेशनका लागि अनुमानित खर्च करिब ४० लाख रुपैयाँ हुने र सहभागी प्रतिनिधि तथा अतिथिहरूको खानपान तथा आवास व्यवस्थापन मिलाइएको बताइएको छ। महाधिवेशन अघिल्ला दिन, अर्थात चैत २८ गते फोनिजको संघीय सचिवालय तथा पूर्ण बैठक पनि हुने जानकारी गराइएको छ। महाधिवेशनले नेपाली पत्रकारितामा समावेशीता, विविधता र प्रतिनिधित्वको अभ्यासलाई अझै सशक्त बनाउने विश्वास आयोजकहरूको छ। फोनिजको यस कदमलाई आदिवासी जनजातिका सञ्चारकर्मीहरूले आफ्ना आवाज बुलन्द गराउने अवसरका रूपमा लिएको जनाइएको छ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]