विनोद मण्डल,

लहान चैत्र २५ । सिराहा जिल्लाको धनगढीमाई १३ झाते चौरी निवासी हरिमाया विकलाई स्थानिय टपीबालाको समुहमा आएका केही व्यक्तिहरूले बिहान करिब ५ बजेको समयमा घर आँगनमा पुगेर बासको भाटाले सुम्ला उठ्ने गरी पिटेका हुन ।

एक्लो दलित परिवारका घरमा पुगेका उक्त समुहले हरीमायाका श्रीमानलाई कन्चटमा हानेर घाइते बनाएका छन ।

बासको बाटाले अन्धाधुन हान्न थालेपछि हरिमायाको पिठ्युँ, गोप्य अंगमा चोट र शरीरको पछाडिको भागमा निलडाम परेको छ  । थाईराईड,प्रेसर लगायतका रोगबाट पीडित हरिमाया विकको शरीरमा गहिरो चोट परेपछि घर परिवार चिन्ताको अवस्थामा पुगेको छ ।

गत राति स्थानीयले रक्सी खाएर आफ्नो घरमा आएर होहल्ला गरेर आफै बाटो लागि गएको थियो । अत्याधिक रक्सी खाएका स्थानिय बाटोमा लडेर चोट लागि घर गएको थियो । एका बिहानै हामीलाई कुनै जानकारी बिना किन   कुटीस भन्दै एका एक बासको भाटाले घरका सदस्यलाई पिटाई शुरु गरेका     विक परिवारले बताए  ।

छिमेकीले किन पिटेको भनी प्रतिकार गर्दा टपीबालाको समुहले छिमेकी रिना तामाङलाई समेत पिटेका थिए ।

आर्थिक अभावमा तत्काल उपचारमा जान नसकेका उनको बारेमा विनोद मण्डलले घटना घटेको करिब १३ घण्टापछि थाहा पाएपछि तत्काल घटना स्थलमा पुगेर हरिमाया विकलाई स्थानिय नैंनपुर अस्पताल पुगाएका थिए ।

आकस्मिक कक्षमा हरिमाया विकको उपचार भइरहेको छ ।कानूनलाई चुनौती दिँदै टपीबालाको समुहले हरीमायालाई मरणासन्न हुनेगरी पिटेको घटनाको सत्य तथ्य पत्ता लगाई महिला हिंशा समबन्धि कानुनी कारवाहीको माग स्थानीयले गरिरहेको छ ।

अरूको चार किल्लामा प्रवेश गरेर निर्घात कुटपिट गर्नु समाज विरोधी कार्य भएकोले तत्काल सबैलाई कानुनी दायरामा ल्याउन जरुरी देखिन्छ ।