बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

भजनकृतन प्रतियोगिता सम्पन्न

बालासुन्दरी खबर बालासुन्दरी खबर चैत २६, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
भजनकृतन प्रतियोगिता सम्पन्न
Rampam
3D Education Lahan

सुरेश भट्ट आश्रिन 

रुपन्देहीको देवदहस्थित भवानीपुरमा आयोजित भजन प्रतियोगिता सफलता साथ सम्पन्न भएको छ। “सनातन, संस्कृती र सभ्यताको गर्विलो इतिहास, प्रवर्द्धन र संरक्षणका लागि उज्यालोको प्रयास” भन्ने नाराका साथ कोलिय राज्य बुद्ध मावली क्षेत्र विकास समितिको आयोजना र उज्यालो लाल्टिन प्रतिष्ठान रुपन्देहीको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो।

प्रतियोगितामा हरि किर्तन सत्सङ सेवा समूहले प्रथम स्थान प्राप्त गर्दै नगद १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्‍यो। त्यसैगरी, श्री महामाया भवानीपुर भजन समूहले द्वितीय स्थानसहित ७ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्दा नव दुर्गा सांस्कृतिक समूहले तृतीय स्थानसहित ५ हजार रुपैयाँ र प्रमाणपत्र हात पारे। भवानी बाल समूहलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो।

Messenger_creation_5DBE4210-4C89-4FB5-97F0-F94AD526F34A

कार्यक्रममा देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले विजेता समूहहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र र सहभागी सबै समूहलाई सहभागिता प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रमुख खरेलले मौलिक संस्कृति, परम्परा र रीतिरिवाज संरक्षणमा यस्ता कार्यक्रमहरूले ठूलो योगदान पुर्‍याउने बताउनुभयो। उहाँले देवदहलाई पर्यटनको ‘हव’को रूपमा विकास गर्ने योजनामा अघि बढिरहेको जानकारी गराउँदै भवानीपुर क्षेत्रको संरक्षणका लागि नेपाल सरकारले १ करोड रुपैयाँ विनियोजन गरेको समेत जानकारी दिनुभयो। यस क्षेत्रको ऐतिहासिक महत्त्व उजागर गर्न उत्खनन र प्रचार-प्रसार आवश्यक रहेको उहाँको भनाइ थियो। रामनवमी मेलालाई आगामी वर्षहरूमा अझ भव्य र व्यवस्थित बनाउने योजना रहेको समेत नगर प्रमुखले उल्लेख गर्नुभयो।

कार्यक्रम कोलिय राज्य बुद्ध मावली क्षेत्र विकास समितिका अध्यक्ष लिला बल्लभ भट्टराईको अध्यक्षता,  उज्यालो लाल्टिन प्रतिष्ठानको अध्यक्ष समज्ञा अधिकारीको स्वागत र सदस्य मुकेश ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रमको संयोजन अस्मिता थारुले गर्नुभएको थियो ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]